७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोप्य स्तनपान कक्षको प्रयोग बढ्दै

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले महिलाहरूलाई आफ्ना बालबच्चाहरूलाई स्तनपान गराउन सहजता होस भन्ने उद्देश्यले स्थापना गरेको गोप्य स्तनपान कक्षको प्रयोग दिनानुदिन दिन बढिरहेको छ ।

आफ्नो बच्चासहित कार्यालयमा सेवा लिन आउने सबै महिलाहरूले गोप्य कक्षमा मात्र स्तनपान गराउने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

उनले भने ‘ महिलाहरू काखमा बालबच्चासहित सेवा लिन आउँछन् बच्चाहरूलाई खुला ठाउँमा स्तनपान गराउन असहज मान्छन् त्यसैले महिलाहरूलाई सहज होस भन्नाका लागि छुट्टै गोप्य रूपमा स्तनपान कक्ष स्थापना गरेका हौ, सुरुसुरुमा त महिलाहरू अलि गाह्रो मान्ने गर्थे सबैलाई थाहा पनि भएको थिएन तर अहिले सेवा लिन आउने जो कोही बच्चा सहितको महिला देख्ने बित्तिकै सुरुमा उनलाई जानकारी गराउँछौ त्यसैले अब त धेरैजसो सेवा ग्राहीलाई जानकारी हुँदा सबैले गोप्य कक्षमा नै स्तनपान गराउँछन् ।

डोटीमा पुरुषहरूको भन्दा महिलाहरूको सङ्ख्या पनि बढी हुनुका साथै सेवा लिन पनि महिलाहरू बढी आउने भएका कारण अन्य सेवा प्रदायक कार्यालय जस्तै स्थानियतह मालपोत,जिल्ला अस्पताल,जिल्ला प्रहरी कार्यालय, नगरपालिका लगायतका विभिन्न कार्यालयमा पनि महिला मैत्री तथा गोप्य स्तनपान कक्ष स्थापना गर्न आवश्यक रहेको समेत प्रजिअ पौडेलले बताए ।

३ वर्षीय बच्चा सहित नेपाली नागरिकताको प्रमाण पत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेकी साल गाउँपालिका वडा नम्बर ५ कि हर्ली देवी बिक कार्यालयको हाता भित्र स्तनपान कक्ष स्थापना हुँदा हामी जस्ता बालबच्चा भएका महिला दिदीबहीनीहरुलाई सहज भएको बताइन् । उनी मात्र होईनन सेवा लिन आउने जो कोहीले पनि गोप्य स्तनपान कक्ष हुँदा सहजता भएको प्रतिक्रिया दिने गरेको छ ।

डोटी जिल्लामा जिल्ला प्रशासन कार्यालय बाहेक हाल सम्म अन्य कुनै पनि निकायले गोप्य स्तनपान कक्ष स्थापना गरेको छैन ।

प्रतिक्रिया दिनुहोस