८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधसहित तीन युवक पक्राउ

अ+ अ-

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट लागुऔषध फेनारगन २५४ पिस, डाइजील्याप २५५ पिस र नोफिन २५२ पिस बरामद् भएको सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले जानकारी दिए । प्रतिबन्धित लागुऔषधसहित शुक्रबार साँझ पनि सिरहा प्रहरीको टोलीले जिल्लाको नरहा गाउँपालिका ४ निवासी २६ वर्षीय मोहमद एमामुदिन र सिरहा नगरपालिका ४ रमौल निवासी १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ५०७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७२० पिस र रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७६५ पिस ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस