६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना : २०२० भित्रै चन्द्रयान–३ प्रक्षेपण गर्ने तयारी

अ+ अ-

काठमाडौँ । भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ । विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको हो।

भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य ‘सहज रूपमा’ अघि बढिरहेको बीबीसीलाई बताएका छन्। उनले उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म ‘पुग्न सक्ने’ सम्भावना रहेको बताए।

यो योजना सिफ भए भारत चन्द्रमामा पुग्ने चौथो राष्ट्र बन्नेछ । चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र बनेसँगै कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा भारतको साख बढाउनेछ।

हालसम्म चन्द्रमाको सतहमा पुग्न सफल राष्ट्र रुस, अमेरिका र चीन मात्रै भएका छन्।

यसअघि सन २००८ मा भारतले चन्द्रयान–१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

त्यस्तै, चन्द्रयान–२ सन् २०१९ जुलाई २२ मा २ बजेर ४३ मिनेटमा प्रक्षेपण गरिएको थियो । तर गत सेप्टेम्बरमा चन्द्रमाको सतहमा ठोक्किएर उक्त यानले अवतरण गरेपछि त्यो महत्त्वाकाङ्क्षी मिसन सफल हुन सकेन।

सम्बन्धित समाचार : भारतद्वारा चन्द्रयान–२ को सकुशल प्रक्षेपण

चन्द्रयान–२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।

सम्बन्धित समाचार : भारतको चन्द्रयान-२ सम्पर्कविहीन

चन्द्रयान–२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ।

इसरोका अध्यक्ष शिवनका अनुसार चन्द्रयान–३ मा यसअघिको मिसनकै जस्तै ‘कन्फ्युगरेसन’ हुनेछ। चन्द्रयान–२ भारतको अन्तरिक्ष निकायले प्रयास गरेको हालसम्मकै कठिन मिसन थियो।

यसले चन्द्रमामा पानी र खनिज पदार्थको खोजीका साथै त्यहाँको भूकम्प मापन गर्ने लक्ष्यका साथ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष्य लिएको थियो जहाँ हालसम्म कुनै पनि यान पुग्न सफल भएको छैन।

शिवनका अनुसार नयाँ मिसनमा पनि पुरानै क्षेत्रमा अवतरण गरिने योजना बनाइनेछ र पुरानो मिसनमा जस्तै उपकरणहरूको प्रयोग गरिनेछ।

नयाँ उपकरणहरूको मूल्य करिब ३५ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। मिसनको पूर्ण लागत भने निकै बढी हुने अपेक्षा गरिएको छ।

शिवनका अनुसार सन् २०२० मा भारतले कम्तीमा २५ वटा मिसन प्रक्षेपण गर्ने योजना बनाएको छ। उनले इसरोले मानवसहित अन्तरिक्षको कक्षमा पुग्ने योजनामा पनि ‘राम्रो प्रगति’ भइरहेको बताएका छन्।

त्यसका लागि चारजना अन्तरिक्षयात्री तय गरिएका छन्। यसै महिनाको अन्त्यतिर उनीहरूले रुसमा तालिम लिन शुरू गर्ने बताइएको छ।

सन् २०२२ मा हुने भनिएको त्यो मिसनमा तीनजना अन्तरिक्षयात्रीले सहभागिता जनाउन सक्ने सम्भावना छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस