काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।