५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षभित्रै प्रदेशका सबै घरमा खानेपानी पुग्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्रै प्रदेश नं ५ को प्रत्येक घर, विद्यालय र सार्वजनिक क्षेत्रमा खानेपानी पुग्ने बताएका छन् ।

उनले प्रदेश सरकारले सबैको घरमा पानी जसरी पनि पुर्‍याउन अभियान थालेको बताए । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय पानीको अभावको कारण सरसफाइमा चुनौती देखिएको हुँदा सरकारले पानी उपलब्धताको लागि अभियान थालेको पनि जानकारी दिए ।

‘हामीले प्रदेशका सबै सामुदायिक विद्यालयमा शौचालय बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेका छौँ ।’ उनले भने, ‘प्रत्येक विद्यालयमा छात्रछात्राको लागि अलगअलग शौचालय बन्न थालेका छन् तर पानीको अभावले शौचालय उपयोगमा समस्या आएको देखिएको छ ।’

कार्यक्रममा बोल्दै उनले युवालाई देशमै स्वरोजगारका ढोकाहरु खोज्न आग्रह गरे । उनले देशमा हुने स्वरोजगारका कामलाई सानातिना भन्दै काम नगरेर युवा खाडीको तातोघाममा जस्तौसुकै काम गर्न जानु दुखद् भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले हाम्रो गाउँशहरमा कपाल काट्ने, तयारी कपडा बिक्री गर्ने, मिठाइ बनाउने, कपडा सिलाउने, भाडा बनाउने, फलफूल बेच्ने, साइकल, मोटरसाइकल बनाउनेलगायत काम छिमेकी देशबाट आएर अरुले गरिरहेको तर यहाँका युवाले त्यसलाई कामै नठानेको धारणा व्यक्त गरे ।

देशभित्रै दैनिक नगद कमाउने कामलाई युवाले गर्न नमाने भन्दै आमसञ्चार माध्यमले अब युवालाई सामाजिक चेनता विस्तारको काम गर्न आग्रह गरे । विसं २०६४ मा स्थापना भएको गणतन्त्र राष्ट्रिय दैनिकले सामुदायिक विद्यार्थीलाई न्यानो कपडा, झोला, छात्रालाई स्यानिटरी प्याड वितरण गरेको थियो भने स्वरोजगारमा लागेर राम्रो काम गरिरहेका युवालाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस