७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामा पहुँच र गुणस्तरका लागि सूचना प्रविधिमा आधारित सिकाइ

अनलाइन
अ+ अ-

पोखरा । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा जोड दिइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कास्कीको संयोजनमा आयोजित ‘भर्चुअल’ कक्षा शिक्षण अभिमुखीकरण एवं पृष्ठपोषण सङ्कलन गोष्ठीका वक्ताले नवीनतम प्रविधिको उपयोगका माध्यमबाट समयसापेक्ष प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्नुपर्ने बताए ।

प्रदेश शिक्षा निर्देशनालय पोखराका निर्देशक तिलकप्रसाद सिलवालले अबको लक्ष्य गुणस्तरीय शिक्षा नै भएको उल्लेख गर्दै सूचना प्रविधिमा आधारित सिकाइको अधिकतम उपयोग गर्ने गरी लाग्नुपर्ने बताए। शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले केही शैक्षिक संस्थामा सूचना प्रविधिमा आधारित सिकाइ शुरु भइसकेको बताउँदै यसको पहुँच बढाउने गरी लाग्नुपर्ने बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दहालले परम्परागत शिक्षा पद्धतिका विकल्पका रुपमा भर्चुअल कक्षाको अवधारणा अघि आएको बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सूचना प्रविधि स्टुडियो स्थापना गरिएको बताउँदै उनले सूचना प्रविधिमा आधारित सिकाइ विद्यार्थीलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामाग्री समावेश गरिएको कार्यक्रम भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस