७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनसँगै गण्डकीलाई खेलकूदको राजधानी बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश पर्यटनको राजधानी भए जस्तै खेलकूदको पनि राजधानी बनाउने मुख्यमन्त्री गुरुङले बताएका छन् ।

त्रिवेणी युवा क्लब को आयोजनामा आज बेँसीशहरमा भएको २८औँ त्रिवेणाी कपको फाइनल खेलको समापन कार्यक्रममा मुख्यमन्त्री गुरुङले दक्षिण एसियाली खेलकूद९साग० जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेर गण्डकी प्रदेशले क्षमता प्रमाणित गरेको दावी गरे ।

पोखरामा छिट्टै मुख्यमन्त्री लिग प्रतियोगिताको समेत सञ्चालन गर्ने तयारी भइरहेका मुख्यमन्त्री गुरुङको भनाइ छ । यस प्रदेशलाई खेलकूदको राजधानी बनाउनका लागि प्रदेश सरकार लागि परिरहेको मुख्यमन्त्री गुरुङले बताए । विभिन्न खेलकूदको लागि प्रदेश सरकारले लगानी गरिरहेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै लमजुङ खेलकूदको उर्बभूमि भएपछि खेलमैदान गुणस्तरीय नभएकाले प्रदेश सरकारले अहिले बेसीशहरमा रहेको त्रिवेणी खेलमैदानलाई आवश्यक पर्ने जग्गा खरिदको लागि प्रदेश सरकारले मुआब्जा दिनेसमेत उनले बताए । यस जिल्लाबाट महिला खेलाडी सावित्रा भण्डारीजस्ता राम्राराम्रा खेलाडी राष्ट्रियस्तरमा पुगेकाले आगामी दिनमा समेत यस्ता खेलाडी उत्पादन गर्नका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ ।

आज भएको २८औँ त्रिवेणी कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेँसीशहर विजयी भएको छ । फाइनल खेलमा भगवती टोखा काठमाडौँलाई सून्यका विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणाी युवा क्लब हरियो विजयी भयो ।

समाज कल्याण काठमाडौँ र सामाना युवा क्लब तुरतुरेले सेमिफाइनाल उपविजेतामा भएका छन् । त्यस्तै यस त्रिवेणी कपमा त्रिवेणी युवा क्लबका पासाङ लामा उत्कृष्ट खेलाडी र बिवाइसी भोटेओडारका सन्दीप राना सर्वाधिक गोलकर्ता घोषित भए । यस प्रतियोगिताका विजयी समूहले नगद तीन लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान प्राप्त गरेको छ भने दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार प्राप्त गरेको छ ।

त्यस्तै सेमिफाइनल उपविजेता सामना र समाज कल्याणले नगद ५०/५० हजार प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ता राना र सर्वोकृष्ट खेलाडी लामाले नगद १५/१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीलाई प्रदेशका मुख्यमन्त्री गुरुङलगायतले पुरस्कार वितरण गरे। गत १२ गतेबाट शुरु भएको यस प्रतियोगितामा विभिन्न जिल्लाका गरी २० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस