११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो

अ+ अ-

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् ।

गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ ।

शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताए । उनले भने, ‘घुम्ती शिक्षक, कहिले महिनामा एकपटक त कहिले १५ दिनमा आउनुहुन्छ ।’

कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पठन पाठन हुन्छ । विद्यार्थीले व्यवहारिकता बिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश रहेका छन् । आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउँछन् । उनले न्यून सङ्ख्यामा रहेका कम्प्युटर विषयका शिक्षकले विभिन्न विद्यालयमा आलोपालो पढाउनुपर्ने बाध्यता रहेको हुँदा समस्या आएको बताए । विद्यालयमा कक्षाकोठा र शिक्षक दरबन्दीको समेत अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस