काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको जनाएको छ।
बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको थियो। तर बुधबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको हो ।
यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय कायम भएको छ। चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । मध्यपूर्वको तनावले सुनको भाउ लगातार बढेको सुनचाँदी व्यवसायीले जनाएका छन्।