८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा ३ वर्षमा १० करोड राजश्व सङ्कलन

अ+ अ-

डोटी । ट्राफिक प्रहरीले विगत तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश बाट दश करोड रुपियाँ राजस्व सङ्कलन गर्नुका साथै एक लाख ४० हजार ४१ सवारी साधनहरूलाई कारबाही गरेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष ०७३ साउन देखि ०७६ असार मसान्त सम्म दश करोड ७ लाख २८ हजार राजश्व सङ्कलन भएको जानकारी दिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त सम्ममा १ करोड ७९ लाख ७२ हजार राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष ०७३/७४ मा २ करोड ७५ लाख २३ हजार, ०७४/७५ मा ३ करोड ३० लाख, ६५ हजार ५ सय र ०७५/७६ मा ४ करोड १ लाख ३९ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

राजश्व सङ्कलन सबै भन्दा बढी कैलालीबाट रहेको छ आर्थिक वर्ष ०७३र७४ देखि चालु आ.व.को मङ्सिर मसान्त सम्म ५ करोड ५९ लाख ४५ हजार रहेको छ । कञ्चन पुरमा १ करोड ८६ लाख १५ हजार, डडेलधुरामा ७५ लाख २९ हजार पाँच सय,बैतडीमा ४८ लाख ७० हजार,दार्चुलामा ७३ लाख ५० हजार पाँच सय, डोटीमा ७७ लाख तिन हजार पाँच सय र अछाममा ४७ लाख ७ हजार पाँच सय सङ्कलन भएको छ । सबै भन्दा कम बाजुराबाट १४लाख १७ हजार राजश्व सङ्कलन भएको छ भने बझाङ जिल्लामा भने राजश्व सङ्कलन नभएको तथ्याङ्कले देखाउँछ ।

त्यस्तै तीन वर्षा यता सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि करिब पाँच सय जनाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३ साउनदेखि ०७६ असार मसान्तसम्म सवारी दुर्घटनामा ४८२ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष ०७३/७४ मा एक सय ३३, ०७४/७५ मा एक सय ५७ र ०७५/७६ मा एक सय ९२ जनाको मृत्यु भएको देखिन्छ ।

दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २०२ जना रहेका छन् । कञ्चन पुरमा ९२, डडेलधुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८ जनाको मृत्यु भएका छ । यस्तै, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ । तीन वर्षको अवधिमा अछाम र बझाङमा भएका दुर्घटनामा भने कसैले ज्यान गुमाउनु परेन । तीन वर्षको अवधिमा दुर्घटनामा एक हजार १८७ घाइते भएका छन् । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा भने सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ । यो अवधिमा १५६ जना घाइते भएका छन् ।

सवारी साधनको अवस्था ठिक नभएका, क्षमताभन्दा बढी लोड बोकेका, तीव्र गतिमा सवारी चलाएका, अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी हाँकेकाहरूलाई कारबाही गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने ‘सबै ठाउँमा जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन् तर पनि आफू सँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरेका छौ सेवा प्रवाहमा बाधा हुन दिन्नौ’ सडक दृघटना न्यूनिकरमा, जनचेतना अभिवृद्धि गर्न सबै तह र तप्कामा रहेका व्यक्तिहरूले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको समेत प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस