९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति

अ+ अ-

गलेश्वर । म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ ।

लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ बादरजुङ, चरन क्षेत्र, विकास निर्माणलगायत विभिन्न विषयमा पटक–पटकको समस्यालाई समाधान गर्न उपसमितिले नापी विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्थलगत अनुगमनसमेत गरी छिट्टै समाधान गर्ने सहमति गरेका छन् ।

दुवै जिल्लाको सिमाना क्षेत्रमा जडीबुटी, पशुचौपाय चरन क्षेत्र प्रयोगमा स्थानीयबीच विवाद उत्पन्न हुने गरेपनि समाधानको दीर्घकालीन उपायको खोजी हुन सकेको थिएन ।

सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी, मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, म्याग्दीका प्रजिअ ज्ञाननाथ ढकाललगायत स्थानीय वडा प्रतिनिधि, स्थानीयवासीको उपस्थिति रहेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस