८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका–इरान तनावबारे यस्तो छ नेपालको धारणा

अ+ अ-

काठमाडौँ । अमेरिका–इरानबिच चुलिएको तनावबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तनावलाई थप नबढाउन र यो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न दुवै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

नेपालले कुनै पनि विवादलाई शान्तिपूर्ण रूपमा टुङ्ग्याउनुपर्ने आफ्नो पुरानो मान्यता पनि दोहोर्‍याएको छ।

यसैबिच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायतका विषयहरूमा नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधिसँग बैठक गरेका छन्।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ र गृह मन्त्रालय, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिको उपस्थिति थियो।

बैठकले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकताअनुसार समन्वित ढङ्गबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारीसमेत गर्न परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा अन्तर निकाय समन्वय समिति गठन गर्ने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस