९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाल लत बन्दै मोबाइल फोन’

अ+ अ-

डोटी । आजकाल बालबालिकाहरूले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकहरूको लागि पनि बालबालिका भुल्काउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरू छन् । जसले गर्दा बालबालिकामा बिस्तारै मोबाइल खेलाउने एक प्रकारको लत नै बस्न थालेको छ । अनि अहिलेका बालबालिकाहरू मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।

धेरै मोबाइल चलाउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यान दिनु जरुरी छ । बालबालिकाहरूले धेरै मात्रामा मोबाइल चलाउँदा बालबालिकाको वृद्धि विकासमा असर पर्ने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योति पाण्डेय बताउँछिन् । उनी भन्छिन् ‘मोबाइल चलाउनु पनि एक खालको नसा हो । जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।’ सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्दा खुसी बनाउने खालको हर्माेन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा खुसी हुन्छन् बालबालिका तर लगातार मोबाइल चलाउँदा ब्रेन सुस्त हुँदै जान्छ । मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरू देखिन थाल्छन् ।

 

मानसिक समस्या :
अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई भुल्याउनको लागि मोबाइल दिने गरेको पाइन्छ । आफू काम गर्नको लागि भए पनि बालबालिकाहरूलाई मोबाइल दिने अभिभावकहरू धेरै छन् । त्यसैले जति सानो उमेरमा मोबाइल चलायो त्यति धेरै असर भइरहेको डा. पाण्डेय बताउँछिन् । निरन्तर मोबाइल हेरिरहँदा आँखाको दृष्टि गुम्न सक्ने, सानै उमेरमा चस्माको प्रयोग गर्नुपर्ने, राम्रोसँग हेर्न नसक्ने हुन सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर पर्छ । बिस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ, जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाइल हेर्ने बानी भएको बालबालिकामा डिप्रेसन पनि हुनसक्ने सम्भावना हुन्छ, बालबालिकाका आफ्ना सिर्जित गतिविधिहरू न्यून हुन्छन् जसका कारण दिमाग तेजिलो हुन पाउँदैन यस्ता थुप्रै समस्याहरू देखा पर्छन् । धेरै मोबाइल प्रयोगले साना बालबालिकाहरूलाई मात्र होइन ठुला उमेर समूहका बालबालिकाहरूमा पनि समस्या देखिने गर्छ । मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने, एकोहोरो सोचको हुने जस्ता समस्याहरू लामो समयसम्म देखिन सक्छन् ।

शारीरिक समस्या 
बालबालिकाले सबै कुरा आफूले प्रत्यक्ष रूपमा गरेर अथवा आफू भन्दा ठुला व्यक्तिहरूसँग सिक्दै जाने हो । बालबालिकाको उमेर भनेको शारीरिक, मानसिक र सामाजिक रूपमा पनि विकास हुनुपर्ने समय हो । तर यस्तो महत्त्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ । मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुन पाउँदैन । हिँडाइमा समस्या हुन्छ । बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन । मोबाइल दिएका बालबालिका एकै ठाउँमा बसेर हेरिरहेका हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् । एकै ठाउँमा बसेर मोबाइल हेरेर खाना खाँदा उमेर अनुसारको तौल बढी हुने अथवा कम हुने,मोटोपनको सिकार हुने, बालबालिकाहरू सामाजिक बन्न नसक्नु, समयमा खाना नखाइदिने हुँदा बालबालिकाहरू शारीरिक रूपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जुन गतिमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ ।

कानुनी संरचना आवश्यक छ
विज्ञान र प्रविधिको विकास सँगै मोबाइल प्रयोगमा आउनु राम्रो विकासको कुरा हो तर पछिल्लो समयमा मोबाइलको सही प्रयोग भन्दा दुरुपयोग हुने तर्फ बढी रहेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । मोबाइलका कारण बालबालिकाहरूमा त झनै असर परेको छ । अहिलेको बालबालिकाहरू मोबाइल बिना केही गर्न नसक्ने हुँदा राम्रो भन्दा नराम्रो कुराहरू बढी सिकी रहेका छन् । मोबाइल प्रयोगका कारणले गर्दा बालबालिकाहरू डिप्रेसनको सिकार हुनसक्ने, बालविवाह बढ्न सक्ने, सामाजिक सञ्जालबाट सबै कुरा हेर्न सकिने भएको हुँदा बालबालिका हिंसात्मक गतिविधिमा संलग्न हुन सक्ने समस्या बढ्नुका साथै सानै उमेरमा यौनको बारेमा जानकारी पाई संलग्न भई विकृति फैलिनुका साथै बालबालिकाका चौतर्फी विकासमा बाधा हुने बताए । मोबाइलको सही प्रयोग गर्न सके फाइदै फाइदा छन् त्यसैले मोबाइल कुन उमेर समूह सम्म चलाउन पाउने, सामाजिक सञ्जालमा मार्फत के के कुराहरू हेर्न पाउने, सामाजिक सञ्जालमा के के कुरा लेख्न पाउने वा नपाउने भन्ने विषयमा कानुनी संरचना बनाउन आवश्यक रहेको बताए । मोबाइल फोनको प्रयोगले बालबालिका मात्र नभई अन्य पुस्तामा पनि दिनानुदिन दिन समस्या देखिने गरेको समेत प्रजिअ पौडेलले बताए ।

बाल सृजनशीलता नाश हुँदै :
मोबाइलको प्रयोगका कारण बालबालिकाहरूको आफ्नो सृजनशीलता नास भइरहेको डोटी बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले बताए । बालबालिकाहरूलाई खुवाउन, भुल्याउन, होमवर्क गराउन निहुँमा बार्गेनिङ गरी मोबाइल प्रयोगले बालबालिकाको जिन्दगी बबार्द भइरहेको छ । सानो उमेरको बालबालिका मात्र होइन क्याम्पस स्तरमा अध्ययनरत केटाकेटीहरू पनि मोबाइल बिना एक पटक पनि बस्न नसक्ने कक्षाकोठामा नै मोबाइलको प्रयोग गरिरहेका देखिने गरेको बताए ।

मोबाइलको प्रयोगमा नयाँ खोजमूलक कुराहरू पनि छन् तर राम्रो काम भन्दा अनावश्यक कुराहरू फेसबुक च्याट गर्ने, तास खेल्ने, रातभरि खेल खेल्ने, नसुत्ने गर्दा दुरुपयोग धेरै भइरहेको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए । उनले मोबाइल फोनको प्रयोगका कारणले बालबालिकाको भविष्य बबार्द हुने भएको हुँदा समयमै यसको निर्मलीकरण तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

दोहोर्‍याएर पढ्ने बानीमा कमी 
विद्यालयमा अध्यापन गराएको विषयवस्तु विद्यार्र्थीहरुले घरमा गएर दोहोर्‍या पढ्नु पर्छ मोबाइल प्रयोगका कारण दोहोर्‍या पढ्ने बानीमा कमी भइरहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय डोटीका प्रधानाध्यापक गीता जोशीले बताइन् ।

विद्यालयमा पढेको कुरा विद्यार्थीले कम्तीमा २४ घण्टा भित्र एक, दुई पटक दोहोर्यायर अध्ययन गर्दा सहजै रूपमा याद हुन्छ । कक्षा कोठामा बस्दा त विद्यार्थीहरूको ध्यान विषयवस्तुमा आकर्षण हुन्छ, सोधेको कुराको जवाफ दिन्छन्, मोबाइलको प्रयोग पनि गर्दैनन् तर विद्यालयबाट घर गइसकेपछी मोबाइलमा ध्यान जाने गरेको कारण पढाएको कुरा बुझ्न, सम्झिनमा समस्या हुन सक्छ । मोबाईको सही सदुपयोग गर्न र गराउन सबैले ध्यान दिनुपर्ने समेत प्रअ जोशीले बताइन् ।

बाल लत छुटाउन सकिन्छ की ?
मोबाइल प्रयोगले गर्दा अन्य पुस्तामा भन्दा बालबालिकामा विभिन्न नकारात्मक असर पर्ने गरेको देखिन्छ । यो नसा अन्य नसा जस्तो छुटाउनै नसक्ने छुटाउँदा बालबालिकामा दीर्घकालीन असर पर्छ भन्ने केही हुँदैन । मोबाइलको लत बसेको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रूपमा काम गर्ने चिकित्सकहरू बताउँछन् । मोबाइलको लत बसेका बालबालिकाहरूलाई एकै पटक लत घटाउन निकै गाह्रो हुन्छ ।

 

यदि कुनै बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् । एक घण्टा, आधा घण्टा गरेर बिस्तारै मोबाइलको लत छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् । शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

अभिभावकहरूले मोबाइलको सट्टा बालबालिकालाई खेलौना किनिदिने, चित्रहरू कोर्न, गीत गाउन, नाच्न लगाउन पनि सकिन्छ । यस्तै अभिभावकले आफ्ना छोराछोरीहरूलाई प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने, सामान्य रूपमा घरबाहिर घुमफिर गर्न लग्ने जस्ता कुराले पनि मोबाइलको लत छुटाउन सकिन्छ ।

कुरा बुझ्न सक्ने उमेर भएका बालबालिकाको हकमा भने मोबाइल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारीमूलक कुराहरू देखाउन र भन्न सकिन्छ । यस्तै मोबाइल चलाउँदा भएका समस्याहरू उदाहरण सहित बुझाएर लत हटाउन सकिन्छ । विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा दैनिक रूपमा जानकारी गराउँदा थप सहयोग पुग्छ ।

पछिल्लो समयमा मोबाइलको अत्यधिक प्रयोगले गर्दा बालबालिकामा नकारात्मक असर देखिन थालेपछि बालबालिकालाई मोबाइलबाट कसरी छुटकारा गर्न सकिन्छ भन्ने सवाल चासो र चिन्ताको विषय बनेको छ । अभिभावहरुले आफ्ना छोराछोरीहरूलाई कुन उमेर समूहसम्म मोबाइलको प्रयोग गर्न दिने वा नदिने भन्ने विषयमा समयमै निर्णय गरी कार्यान्वयन गर्न नसके भविष्यमा पछुताउनु भन्दा अन्य कुनै विकल्प हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस