११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको आचरणमा सुधार ल्याउन आवश्यक छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमक्ष समितिका अध्यक्ष काशीराज दाहालले वार्षिक प्रतिवेदन २०७६ पेश गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासन नतिजामुखी र परिणाममुखी हुनलाई राष्ट्रसेवकको आचरणमा सुधार ल्याउन आवश्यक रहेको बताए । उनले भने, ‘जनताले प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्छ, विगतका गलत नीतिका कारण उद्योगहरु रुग्ण हुन पुगे, जसको परिणामा विनाकाम कर्मचारीलाई पाल्नुपर्ने अवस्था परिस्थिति सिर्जना भयो ।’ मुलुकमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न तथा सुशासन कायम गर्न नेतृत्व तह सुध्रिनु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई जिम्मेवार भएर जनताको काम गर्न निर्देशन दिए ।

समितिको प्रतिवेदनमा मुलुक संघीयतामा प्रवेश गरेसँगै गठन भएका तीन तहका सरकारको गन्तव्य एउटै बनाउन, प्रशासनिक खर्चमा कटौती गर्न, अनुचित कार्य सम्बन्धमा कडा कारवाहीको कानूनी व्यवस्था गर्न तथा सरकारी अनुदानको दुरुपयोग भएमा अनुदान रोक्न गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

समितिका अध्यक्ष दाहालले अन्तरप्रदेश समन्वय परिषद्का निर्णयलाई प्रभावकारी रुपमा लागू गर्ने पद्धतिको विकास गर्न तथा तीनै तहका सरकारबीच अन्तरसम्बन्ध र सहकार्यबाट मात्रै संघीयता कार्यान्वयन हुनेजस्ता सुझाव प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस