चरिकोट । दोलखा भिमेश्वर नगरपालिका -२ मा वन तरुल खन्ने क्रममा ढुंगा सहितको ढिस्को पुरिएर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका-२ डोक्थेलीका ८० वर्षीया वृद्ध विर बहादुर थामीको मृत्यु भएको हो ।
माघे सङ्क्रान्ति मनाउन भनि उनी नजिकैको जंगलमा वन तरुल खन्न गएका थिए । वन तरुल खन्ने क्रममा मंगलबार दिउँसो करिब २ बजे माथिबाट खसेको ढुंगा सहितको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो ।
तरुल खन्न गएका उनी अबेरसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा ढुंगाले च्यापेको मृत अबस्थामा फेला पारिएको हो । उनको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको छ ।