५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा प्रभावकारी बन्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

अ+ अ-

राँझा । प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा प्रभावकारी देखिएको छ । अति गरिब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका समुदाय र व्यक्तिको लागि आयआर्जन, शिक्षा र अति आवश्यकीय सहयोगको लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता केशव चालिसेले जानकारी दिए ।

उनका अनुसार, अति गरिब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यो वर्ष पनि गतवर्षका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप गरिने छ । गत वर्ष बाँकेका तीन गाउँपालिकामा सञ्चालन भएकोमा यो वर्षदेखि सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत बेरोजगार महिलालाई सीपमूलक तालीम, कृषकलाई बीउ, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता चालिसेले जानकारी दिए।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले गत वर्ष जिल्लाका तीन वटा गाउँपालिकामा मात्रै सञ्चालन भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम यस वर्ष जिल्लाका सबै गाउँपालिकामा सञ्चालन हुनु खुशीको कुरा भएको बताए । उनले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी जनतालाई प्रदेश सरकारको अनुभूति गराउनु र जिल्ला समन्वय समितिको आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट गाउँपालिकामा परिवर्तनका हुने गरी योजना बनाएर निष्पक्ष र पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गरिने बताए । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भौगोलिक रुपमा ठूलो रहेको राप्ती सोनारी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सबैभन्दा बढी प्रभावित र अति विपन्न परिवारलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गरिने बताए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले कार्यक्रम निर्देशिकाले तोकेको दायरा र कार्यक्षत्रका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए । बाँकेमा गत आर्थिक वर्षमा तीन गाउँपालिकामा मात्रै सञ्चालन भएकोमा यो आर्थिक वर्ष छ गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन यस वर्षदेखि कार्यक्रम सञ्चालन हुने बाँकेका राप्तीसोनारी, खजुरा र बैजनाथ गाउँपालिकास्तरीय कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिका पदाधिकारी र जिल्ला व्यवस्थापन तथा समन्वय समितिका पदाधिकारीलाई अभिमुखीकरण दिइएको छ ।

उनले कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकास्तरीय समितिको भूमिका महत्वपूर्ण भएकाले कार्यविधिअनुसार कार्यक्रम सञ्चालनका लागि समिति पदाधिकारीलाई अनुरोध गर्दै ग्रामीणस्तरका आर्थिक रुपले विपन्न परिवारलाई प्रत्यक्षरुपमा सहयोग पुग्ने र अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेको जानकी, डुडुवा र नरैनापुर गरी तीन गाउँपालिकामा गत वर्षदेखि सञ्चालन भएकोमा यो वर्षदेखि खजुरा, बैजनाथ र राप्तीसोनारी गरी तीन गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहको जिल्ला कार्यक्रम सहजकर्ता चालिसेले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस