काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै रविलाई सफाइ दिएको हो।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पुडासैनीको आत्महत्या प्रकरणमा गत भाद्र ९ गते चितवन जिल्ला अदालतले रविलाई ५ लाख धरौटी लिएर पुर्पक्षमा छाडेको थियो। त्यसपछि उनी उक्त आदेश बदर गरि पाऊँ भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका थिए।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।