८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत

अ+ अ-

भक्तपुर । सातदिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेकी छन् ।

राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाई स्वागत गरेका थिए । राजकुमारीका साथ आएको टोलीलाई मन्त्री भट्टराईले स्वागत गर्दै नेपाल पर्यटन वर्ष र भक्तपुर एवं नेपालको पर्यटकीय सम्पदाबारे जानकारी गराए।

त्यस्तै सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताए । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्नझ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, वत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरबनाथ मन्दिरलगायत पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गरका छन् ।
सो क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवीनाच र लायकु क्षेत्रमा लाखेनाच अवलोकन गरेकी थिइन् ।

प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज, नेपालका लागि बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा.जिन पिरेरे बारोन स्किनकेलर्स, बेल्जियमका लागि नेपाली राजदूत आङ्ग छेरिङ शेर्पा, डा. सुशील कोइराला, मेडिकल अधिकृत डा.प्रमोदराज भट्टराई लगायत रहेका छन् ।

उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाबारे संक्षेपमा जानकारी गराए ।रासस

प्रतिक्रिया दिनुहोस