डोटी । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी भएका छन् ।
महिला तर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन् ।
उम्मेदवार देवकोटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएकी हुन् । सुल्ला तर्फ नेकपाका स्वारले तिन हजार ७ सय बिस मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरेका छन्। काँग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वारले १ एक हजार ८ सय ७२ मतले विजयी भएका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि भएको मतदानमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले मतदानमा पाँच मत बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिएका छन् । एक मत अर्को मतपेटिकामा खसेको र अन्य बदर मत बक्स भन्दा बाहिर मतदान गरेका कारण बदर भएको हो ।