६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायुसेवा निगमका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका नेपाली पाइलटले सामूहिक राजीनामा दिएका छन् । नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् ।

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले सामुहिक राजीनामा दिएका छन् । तीन महिनाको समयसीमा दिदैं उनीहरुले व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । अन्य नेपाली पाइलटले पनि राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दियो ।

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना १ लाख रुपैयाँ अतिरिक्त रकम काटेको गुनासो पाइलटको छ ।

राजीनामा दिएका नेपाली पाइलटको दुई वटा माग छन् । पहिलो, विदेशी पाइलटको ट्याक्स निगमले तिरिदिए जस्तै नेपाली पाइलटको पनि तिर्नुपर्ने बताएका छन् । अर्को, ट्याक्स तिर्न नसक्ने भए नेपाली पाइलटलाई करारमा लिनुपर्ने । निगममा स्थायी भएर मात्रै केही नभएको भन्दै कि ट्याक्स तिरिदिनुपर्ने कि करारमा काम लगाउनुपर्ने ती पाइलटहरुको माग छ ।

नेपाली पाइलटहरुले जनवरी १७ अर्थात् माघ ३ गतेदेखि नै यसबारे जानकारी गराइसकेका थिए । एकैपटक नेपाली पाइलटहरुले राजीनामामा हस्ताक्षर गर्न नसक्दा बिहीबार मात्रै राजीनामा बुझाएका हुन् ।

हेर्नुस् पत्र

प्रतिक्रिया दिनुहोस