८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने

अ+ अ-

परासी । थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ ।

घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग बढेको हो ।

जिल्लामा विभिन्न स्थानमा थारू समुदायले सञ्चालन गरेका होटलमा घुँगी विशेष आकर्षणको रूपमा रहन थालेको छ । घुंँगीको माग बढ्दै गएको तर व्यावसायिक उत्पादन कम रहेकाले माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ ।

गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने एक प्रकारको शङ्खे कीराजस्तै हुने घुँगी र सिपुहीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने रामग्राम–१२ कशियास्थित थारू कटेजका सञ्चालक आशिष चौधरीले बताए ।

उनले भने, ‘पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन्, अन्य समुदायले समेत यो रुचाउन थालेका छन्, माग धेरै भएकाले ‘सिजन’बाहेक अन्य समयमा भारतीय बजारबाट मगाएर व्यावसाय सञ्चालन गर्नुपरेको छ ।’

यहाँ तयारी घुँगी प्रतिप्लेट रु १३० मा बिक्री हुने गरेको छ । नेपालमै घुँगीको व्यावसायिक उत्पादन हुन सके यसको व्यापार फस्टाउने उनको भनाइ छ । कम लगानीमा लाखौँको व्यापार गर्न सकिने भएकाले माछापालनसँगै घुँगीपालन गर्न सके विदेश पलायनका साथै भारत जाने लाखौँ रकम पनि रोक्न सकिने रामग्राम–१२ कै दयानन्द चौधरी बताउछन् ।

बुटवललगायत जिल्ला बाहिरबाट पनि घुँगीको माग आउन थालेको तर पूर्ति गर्न नसकिएको रामग्राम–५का मीनबहादुर सिंह (थारू)ले बताए । घुंँगी खानाले प्रचुरमात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठिक हुने विश्वास गरिन्छ । शरीर दुखेको, मर्केको, भाँचिएको समेत ठिक हुने थारूको भनाइ छ । उनले भने, ‘मैले ढाड दुख्दा, हातखुट्टा मर्किँदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु ।’

घुंँगी र सिपुही प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो विस्तारै तराईमा लोप हुँदै गएको छ । खेतबारीमा किसानले विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिहरु खेतमा हाल्ने गर्दा घुँगी सङ्कटमा परेको छ ।

सरावल गाउँपालिका–६ गडौरीका चाँदमणि चौधरीले पोखरी नै बनाएर माछासँगै घुँगी र सिपुहीपालन गरेका छन् । असार/साउन महिनामा खेतमा पाइने स–साना घुंँगी ल्याएर पोखरीमा हाल्दा माछासँगै माछाको दाना खाएर घुँगी पनि हुर्कने हुँदा कम लगानीमा धेरै उत्पादन हुने थारूले बताए ।

‘असार महिनामा पालेको घुंँगी असोजबाट खानयोग्य हुन्छ र पुस महिनासम्ममा सबैभन्दा ठूलो हुने भएकाले राम्रो आम्दानी हुन्छ’, उनले भने । रामग्राम नगरपालिका–१८ आशा चौधरीका अनुसार घुँगीको परिकार बनाउन विशेष जानकार नै हुनुपर्छ । उनका अनुसार घुंँगीलाई सर्वप्रथम सफा पानीमा करीब २० देखि २४ घण्टासम्म भिजाएर पिठो खुवाउनुपर्छ, पानीमा राखेको पिठो खुवाएपछि घुँगीले खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ, शरीरको माटो सफा भएर निस्केपछि घुँगीको चुच्चोतिरबाट फुटाउनुपर्छ ।

त्यसपछि सफा गरेर पकाउनुपर्छ । आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानीसमेतको घोलमा दुई घण्टासम्म फलामे कराई वा भड्डुमा पकाएर घुँगीलाई खानयोग्य बनाइन्छ । यसरी तयार पारेको घुँगीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस