९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् ।

उनले आगामी केही वर्षभित्र दैनिक ५ हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गरिने बताए ।

मकवानपुरगढीमा २५७औँ विजयोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण भएको बताए । उनले यस ऐतिहासिक क्षेत्रको प्रवर्द्धन गर्नमा प्रदेश सरकार लागिपर्ने बताए । ‘माघ १०’ नेपालको इतिहासमा गर्विलो दिन भएको उनको भनाइ थियो ।

नेपाली सेनाले विदेशी सेनासँग लडेर धेरैको सङ्ख्यामा हताहत गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रुपमा माघ १० गते विजयोत्सवको रुपमा मनाउने गरिन्छ ।

गोर्खालीहरुसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बाँनियाहरुको अनुरोधमा मुगल बादशाह अङ्ग्रेजहरुसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर विसं १८१९ पुस २७ गते गुरगिन खाँको नेतृत्वमा रहेको मुगल बादशाह मिरकासिमको फौजले मकवानपुरमा हमला गर्‍यो ।

लडाइँ जितेर काठमाडौँ छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो ।

माघ १० गते सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण गर्‍यो । गढीका खोजकर्ता केदार न्यौपानेका अनुसार ४०० दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाएका थिए ।

विसं १८१९ माघ १० गते भएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सैनिक तथा नेपालका ३० जना मात्र मारिए । आजभन्दा २५७ वर्षअघि आजकै दिनको जीतपछि गोर्खाली सेनाले मिरकासिमको फौजबाट ५०० भन्दा धेरै राइफल र दुई तोप हात पारेर श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको र केही समयपछि पुरानो गोरखगुल्मसमेत स्थापना गरेको इतिहासमा पढ्न पाइन्छ ।

इतिहासकारका अनुसार सो युद्धमा मकवानपुर गढीका सेनानायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायण शाहले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नुअगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन शाह स्वयम् यहाँ आएको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस