७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बग्दादस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार

अ+ अ-

बग्दाद । आइतवार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।

हालैका दिनहरुमा अमेरिकी सेना खटाइएको स्थान, दूतावास र इराकी सैन्य शिविरमा आक्रमणका घटनाहरु बढेको छ । यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मेवारी लिएको छैन । तर वासिङ्टनले इराकमा इरान समर्थित सैन्य गुटले यस्ता आक्रमणहरु गरेको दाबी गरेको छ ।

आइतवार दूतावासको खाना पकाउने ठाउँ र अन्य दुई वटा स्थानमा रकेट प्रहार भएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जनाएको छ । एक वरिष्ठ इराकी अधिकारीले कम्तीमा एक व्यक्ति घाइते भएको एएफपीलाई बताएका छन् । तर घाइतेको अवस्था कति गम्भीर हो र उक्त व्यक्ति अमेरिकी नागरिक वा मिशनमा कार्यरत इराकी स्टाफ सदस्य हुन या होइनन् भन्ने बारेमा पनि तत्काल पुष्टि भएको छैन ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार इराक सरकारलाई ‘हाम्रो कुटनीतिक सुविधाहरुको रक्षा गर्न आफ्नो दायित्व पूरा गर्न’ आह्वान गरेको छ । इराकी प्रधानमन्त्री अदेल अब्देल महदी र सभामुख मोहम्मद हलबुसीले यस घटनाको भत्र्सना गर्दै यसो अवस्था रह्यो भने मातृभूमिलाई युद्धमा तान्ने जोखिम रहेको बताएका छन् । अमेरिका र इरानमा गत महिनाबाट शुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस