७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख सापकोटा

अ+ अ-

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे ।

उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । यसैगरी प्रतिनिधिसभाको आजको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ । बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ ।

अध्यक्षता गर्ने सदस्यहरुमा उमाशङ्कर अरर्गरिया, चन्द्रकान्ता चौधरी, डा.डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस