७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेसको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क र जागरुक भएर अघि बढनुपर्ने धारणा व्यक्त गरे ।

नेता पौडेलले एकदलीय निरङ्कुशतालाई लिएर देशमा परिवर्तन गर्ने सोच भएका राजनीतिक शक्तिले आफूलाई बहुदलसँग जोडेर अघि बढ्दा विरोधाभास उत्पन्न भएको आरोप लगाए ।

उनले भने, ‘नेपालको संविधान निर्माण गर्दा पनि ठूलो विरोधाभास भएको थियो, छ वर्षसम्म त्यसैमा लड्नु पर्‍यो । कम्युनिष्ट पार्टीका मन मस्तिष्कमा एक दर्शन छ, त्यसबाट प्रेरित भएर त्यहीअनुसार संविधान दिन चाहने तर अर्कोतिर लोकतन्त्रका लागि ठूलो संघर्ष भएको र त्यसअनुसार संविधान बनाउनुपर्ने अवस्था थियो ।’

आफूले लोकतन्त्रको मान्यतालाई बचाउन प्रत्येक धारामा बहस गरेर लड्नु परेको नेता पौडेलले स्मरण गरे । संविधानसभाको बनावटअनुसार लोकतान्त्रिक संविधान आउने अवस्था नभएको परिस्थितिमा काँग्रेसको ठूलो प्रयासले नेपालको संविधानमा लोकतान्त्रिक मूल्यमान्यता उल्लेख गर्न सफल भएको उनको भनाइ थियो ।

‘संविधान कार्यान्वयन गर्ने बेलामा फेरि लोकतन्त्रमा विश्वास नभएका शक्तिहरुको हातमा सत्ता गयो । उनीहरु कानून बनाएर आफूले चाहेको दर्शन र सिद्धान्ततिर देशलाई लान प्रयत्न गरिरहेका छन्’ उनले भने, ‘सबै लोकतान्त्रिक शक्ति एकजुट भएर खबरदारी गर्नुपर्छ । संविधान र जनताको मान्यता एकातिर तर उनीहरुको चाहना अर्कोतिर छ, त्यसैको द्वन्द्व हो अहिले ।’

नेता पौडेलले काङ्ग्रेस पार्टीलाई पद्दतिमा अघि बढाउन र आवधिक आन्तरिक निर्वाचनका लागि पनि लडाइँ गर्नुपरेको बताउँदै पार्टीमा भागबन्डा नभई शक्ति बाँडफाँट गरिएको स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डेले नागरिक अधिकार सङ्कुचन गर्ने कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने बताउँदै त्यसविरुद्ध सदनमा सशक्त प्रतिवाद गर्दैआएको जानकारी गराए । उनले यसबारेमा प्रेस जगत्ले पनि समयमै खबरदारी गर्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘लोकतन्त्रका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रतिबन्धात्मक वाक्यले संविधानका मौलिक हकलाई सङ्कुचन गर्नेसक्ने खतरा रहेको आंँल्याए ।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनिल पोखरेलले उक्त कार्यपत्रमाथि टिप्पणीमा देशमा प्रतिपक्षी दल छैन भन्ने मानसिकताले वर्तमान सरकार अघि बढेको बताउँदै नागरिकका अधिकार कटौती हुने विधेयकमा विपक्षी दलले सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रमिक आन्दोलनका नाममा सत्तामा पुग्ने कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि श्रमिकका संरचनालाई कमजोर बनाउन लागेको आरोप लगाए । फ्रिड्रिक इबर्ट स्टिफ्टुङका कार्यक्रम निर्देशक डा.चन्द्रदेव भट्टले लोकतन्त्र सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्ति बलियो हुनुपर्ने बताउँदै अहिले नागरिक समाजको उपस्थिति कमजोर देखिएको बताए ।

कार्यक्रममा युनियनका संस्थापक तथा संविधानसभा सदस्य डा.शोभाकर पराजुली, युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेललगायतले संविधानको भावना र मर्मविपरीत अघि बढाइएका कुनै पनि विधेयक आफूहरुलाई मान्य नहुने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस