७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीको बगरमा गोलभेँडा खेती

अ+ अ-

इनरुवा । काम गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन्, सुनसरीको कोशी गाउँपालिका–३ का धर्मेन्द्र विश्वासले ।

रोजगारी नपाएर दैनिक रुपमा मोटो रकम खर्च गरेर विदेशतर्फ होमिएका युवालाई उनले उक्त लगानीमा स्वदेशमै रोजगारी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।

उनले आफ्नै घर नजीक रहेको पाँच कट्ठा जग्गामा व्यावसायिक गोलभेँडा खेती गरेर अहिले उनी त्यस क्षेत्रका धेरै कृषक र वैदेशिक रोजगारीका लागि खाडीसहितका मुलुक जानेका लागि प्रेरणाको स्रोत बनेका छन् ।

गोलभेँडा खेती गरेर विश्वास अहिले कोशी गाउँपालिकाभित्रकै नमूना कृषकका रूपमा परिचितसमेत भएका छन् । गाउँपालिकाले केही दिनअगाडि मात्र कृषक विश्वासलाई भारतको राजस्थान भन्ने ठाउँमा कृषक भ्रमणका लागि लगेको थियो ।

सोही क्रममा कृषक विश्वासले त्यहाँका किसानले गरेको गोलभेँडा खेती हेरेर फर्केपछि आफ्नै खाली रहेको पाँच कट्ठा जग्गालाई सदुपयोग गर्दै गोलभेँडा खेती गरे । उनले चाई ताई सिट थाइल्यान्डको करण प्रजातिको गोलभँेडाडा खेती गरेका छन्। विश्वासले एक कट्ठामा ५०० बिरुवा रोप्नुभएको छ भने पाँच कट्ठामा २ हजार ५०० बिरुवा रोप्नुभएको छ । एउटा बोटमा २० देखि ३० किलोसम्म गोलभेँडा फल्ने गरेको उनले बताए ।

गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेको र खेतमा उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएको उनले जानकारी दिए । पाँच कट्ठा गोलभेँडा खेती गर्नका लागि रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च लागेको उनले सुनाए । अहिले गरेको गोलभेँडा खेतीबाट मात्र करीब रु सात लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । शुरुमा गरेको पाँच कट्ठामा राम्रो गोलभेँडा उत्पादन भएपछि अहिले थप पाँच कट्ठा जग्गामा गोलभेँडा खेती गर्ने तयारी गरेको उनले बताए ।

खेतमा उत्पादन भएको गोलभेँडा इनरुवा र कोशी गाउँपालिका क्षेत्रमा लाग्ने हाट बजारमा बिक्री हुने गरेको उनले जानकारी दिए । विसं २०६५ भदौ २ गते कोशीबाँध फुट्दा त्यो जग्गा मरुभूमिमा परिणत भएको थियो । जग्गा मरुभूमिमा परिणत भएको जग्गामा गोलभेँडा खेतीले राम्रो आम्दानी र उत्पादन दिन थालेपछि आफूलाई हर्षित बनाएको उनको भनाइ छ । कोसीले बालुवा ल्याएर थुपारेको जग्गामा केही उत्पादन नहुने सोचमा डुबेका विश्वास अहिले खुशीले गद्गद छन् ।

प्रतिक्रिया दिनुहोस