७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानमा सफलतापूर्वक अघि बढ्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताए ।

‘हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौँ, समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्नसक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ’, उनले भने, ‘समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, संघसंस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।’

एकतन्त्रीय जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाका लागि अमर शहीदले प्राणको आहुति दिएको बताउँदै उनले प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान गर्ने गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । मुख्यमन्त्री पोखरेलले शहीदले देखाएको न्यायपूर्ण समाज निर्माणको बाटोमा अविचलित ढङ्गले लाग्न प्रतिबद्ध रहँदै हामी सबैको सक्रिय सहभागिता हुने विश्वास व्यक्त गरे ।

अन्याय र अत्याचारको अन्त्य तथा न्याय, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि ज्यानको आहुति दिने शहीदकै योगदानले नेपालका तीन ठूला राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै उनले विसं २००७ को जनक्रान्तिबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रादुर्भाव भएको उल्लेख गरे ।

‘प्रजातन्त्रको घाँटी निमोठेर विसं २०१७ मा स्थापना गरिएको निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी विसं २०४६ मा बहुदलीय व्यवस्थाको स्थापना भयो । विसं २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको बलमा मुलुकमा गणतन्त्र सम्भव भएको हो । यी सबै राजनीतिक संघर्षमा ज्यानको आहुति दिने वीर शहीद अमर छन्’, उनले भने ।

संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी सङ्घात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको जनाउँदै उनले संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको प्रत्याभूति गरेको उल्लेख गरे ।

संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्ने बताउँदै उनले बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नसक्ने बताए ।रासस

प्रतिक्रिया दिनुहोस