८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको हुनानमा बर्ड फ्लु

अ+ अ-

बेइजिङ । चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ ।

यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् ।

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने सङ्क्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ ।’ मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लुको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ ।

चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको छ भने यस सङ्क्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।
चीनले कोरोना भाइरसको सङ्क्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ । यसका कारण त्यहाँका करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेका समय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्य अन्तर्राष्ट्रिय संघसंगठनले विश्वव्यापी रोकथामका लागि काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण चीनसहित सात एशियाली राष्ट्रका साथै अष्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका लगायत करिब दुई दर्जन मुलुकमा देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी स्वास्थ्य समस्या भएको विश्व स्वास्थ्य संगठनले बताएपछि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस