९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

अ+ अ-

गलकोट । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले गए राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

यसैबीच बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना माघ १७ गते पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो । शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो । शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यसैबीच बागलुङ नगरपालिका–३ लालीगुँरास चोकमा रहेको होटल ऐलिनाको शौचालयमा आइतबार एक जनाको मृत्यु भएको छ । काठेखोला गाँपालिका–७ रेश घर भएका ४७ वर्षीय रनबहादुर कार्की होटलमा गई होटलमा खाजा नखाँदै शौचालय गएकोमा लामो समयसम्म शौचालयको ढोका नखोलेकोले प्रहरीलाई होटलधनीले खबर गरेका थिए । प्रहरीले शौचालयमा फेला परेका कार्कीलाई धौलागिरी अञ्चल अस्पताल लगे पनि डाक्टरले मृत घोषण गरेको थियो । मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस