८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, गृह सचिवको टुङ्गो आजै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ ।

बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि रिक्त गृह सचिवका लागि आजैको बैठकबाट निर्णय गरिने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

गृह मन्त्रालय जान सचिवहरूबिच तँछाडमछाड चलिरहँदा केही दिनयता सचिवहरूको दौडधुप सुरु भएको थियो । आज बिहान मात्रै सचिवालयका उच्च अधिकारीलगायत केही उच्च प्रशासनका अधिकारीबिच गृह सचिवबारे छलफलसमेत भएको छ । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ पछि आजै गृह सचिवको टुङ्गो लाग्दै छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपाने र पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत सचिवहरू गृह सचिवका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । जसमध्ये कोइराला गृह मन्त्रालयबाटै करिअर बनाएका सचिव भएकोले पहिलो नम्बरमा हेरिएको छ । चीनबाट ‘न्यासनल डिफेन्स कोर्स’ समेत गरेका कोइरालाले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन् ।

त्यसैगरी महानगरपालिकाका सचिव न्यौपानेसँग पनि गृह मन्त्रालयको अनुभव छ । प्रमुख जिल्ला अधिकारी, अध्यागमन लगायत तीनै तहको अनुभव लिई सकेका न्यौपाने पनि दौडमा छन् ।

सम्बन्धित समाचार : यी हुन् गृह सचिवका ४ बलिया दाबेदार, कोइरालाको पल्ला भारी

गृह सचिव प्रेमकुमार राईले राजीनामा बुझाएसँगै आज(सोमबार)देखि गृह सचिव पद रिक्त छ । बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव पद रिक्त भएको हो ।

सम्बन्धित समाचार : गृह सचिव पद रिक्त

बैठकले स्वास्थ्य सेवाका १२ औँ तहका रिक्त प्रमुख विशेषज्ञ र एक जना सचिवसमेतको विषयमा निर्णय हुन सक्ने बुझिएको छ । स्वास्थ्य सेवाका १२ औँ तहका तीन र एक जना सचिव गरी ४ रिक्त पदका लागि आइतबार बसेको बढुवा समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । मुख्यसचिव अध्यक्ष रहने समितिले वरिष्ठता, कार्यसम्पादन र दुर्गममा सेवाका आधारमा डा.रोशन पोखरेल, डा.दीपेन्द्र रमण सिंह, डा.भीमसिंह तिंकरी, डा.केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस