१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो ।

डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए। सोमबार धनगढीमा आयोजित स्वास्थ्य बीमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेल्धुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए ।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित रहेका छन् । बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीम १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो ।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६÷७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ ।

त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पु¥याउने लक्ष्य छ । स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस