११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छ : नेता सिंह

अ+ अ-

पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् ।

पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४औँ महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रस्ट पारे ।

कांग्रेसभित्र विवादबारे बाहिर सञ्चार माध्यममा आएको समाचारजस्तो सही नभएको प्रस्ट्याउँदै उनले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेशन भइरहेको बताए । नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाए ।

युनियनका जिल्ला उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयनारायण थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस