१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गरिने

अ+ अ-

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘समृद्ध कर्णाली, सुखी कर्णाली’ निर्माणको अभिभारा प्रदेशसभाको काँधमा आएको बताएका छन् । प्रदेशसभा स्थापना दिवसका अवसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेश सरकारलाई जनउत्तरदायी बनाउनाका साथै सक्रिय विधायिकीय जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभा र प्रदेश सरकारलाई सबैभन्दा विकट एवं पिछडिएको कर्णालीलाई समृद्ध बनाउने चुनौती रहेको बताउँदै भने, ‘प्रदेश सरकारले स्थानीय तहसमेतको सहभागिता र अपनत्व हुनेगरी विकास निर्माणका आयोजना सञ्चालन गर्नुपर्दछ ।’ कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कर्मचारीलाई बस्ने वातावरण मिलाउन सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेको जानकारी दिँदै प्रदेश निजामति ऐन निर्माण गर्दा सम्पूर्ण कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गरेर आकर्षणको केन्द्रविन्दु बनाइने बताए ।

सभामुख राजबहादुर शाहीले संसदीय कामकारवाहीमार्फत प्रदेश सरकारलाई निगरानी गर्ने काम भइरहेको तथा प्रदेशसभा कानून निर्माणमा नागरिकसँग जोडिन भिडियो कन्फरेन्सिङ विधि अपनाएको बताए । विपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा स्थापना दिवसमै प्रदेशसभा सदस्यको उपस्थिति न्यून हुनु दुःखद भएको बताए ।

उपसभामुख पुष्पा घर्तीले प्रदेश स्थापनामा कर्णालीवासीको सङ्घर्षको स्मरण गर्दै प्रदेशसभा र सरकारले शहीदको सपनालाई भुल्न नहुने विचार व्यक्त गरे । स्थापना दिवसमा प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका, विधेयक सङ्ग्रह र प्रदेशसभा सदस्यको परिचय पुस्तिकाको विमोचन गरियो । स्थापनाको दुई वर्षमा कर्णाली प्रदेशसभाले २९ कानून निर्माण गरिसकेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३३, नेपाली काँगे्रसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको दिन २०७४ माघ २१ गतेलाई सचिवालयले स्थापना दिवसका रुपमा मनाएको हो । यस अवसरमा ब्याडमिन्टन, घैंँटो फोड्ने खेलका साथै अन्तक्र्रिया आयोजना गरिएको थियो । विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस