१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

अ+ अ-

काठमााडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

प्रस्ताव माथिको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनाराण विडारीले भ्रष्टाचारका विविध रुपलाई नियन्त्रण गर्ने व्यवस्था विधेकयमा समेटिएको भन्दै दायित्व पूरा गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउने व्यवस्था सकारात्मक भएको बताए ।

समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले विधेयकले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले साना प्रकृतिको भ्रष्टाचारमा सजाय बढाइएको र ठूला भ्रष्टाचारमा सजाय यथावत् राखिएको भन्दै उनले समानताका आधारमा कसुरको सजाय तोक्नुपर्ने बताइन् । प्रस्ताव माथिको छलफलमा सांसद जितेन्द्रनारायण देव, रामप्रीत पासवान, प्रकाश पन्त लगायतले भाग लिएका थिए ।

‘छिप्पिएको भ्रष्टाचार नियन्त्रण कष्टकर’

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले नेपालमा भ्रष्टाचार बालक अवस्थामा नभई छिप्पिएको अवस्थामा पुगको भन्दै छिप्पिएको भ्रष्टाचार नियन्त्रण गर्नु कष्टकर भएको बताए ।

सर्वसाधारणदेखि पहुँचवाला व्यक्तिसम्मले गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले विधेयकको सैद्धान्तिक छलफलमा सहभागी भएर रचनात्मक मार्गनिर्देश गरेकोमा सांसदको भूमिकाको सराहना गरे ।

अदुअआ (तेस्रो संशोधन) विधेयक, २०७६ विधायन व्यवस्थापन समितिमा

बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।

मन्त्री ढकालले प्रस्तुत गरेको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरी विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेकोे हो ।

प्रतिक्रिया दिनुहोस