१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीप्रति आक्रोसित हुँदै मन्त्रीले भने -राजनीति गर्ने भए पार्टी कार्यालयमा जानुस्

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरूसँग हिसाब किताब राख्ने चेतावनी दिँदै राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको विनियमावलीको विरोधमा आन्दोलन गर्दै आएका कर्मचारीहरूलाई मन्त्री बास्कोटाले सो कुरा भनेका हुन् ।

बुधवारको १६ औँ वार्षिक उत्सवमा पहेँलो रङ्गको कागजलाई टोपी लगाएर उपस्थित भएका आन्दोलनरत कर्मचारीहरूतर्फ हेर्दै मन्त्री बास्कोटाले भने, ‘स्यान्टा क्लज जस्तो उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । संस्थाभित्र चल्दैन ।’

राजनीतिका लागि गरिने राजनीति जसरी भए पनि पराजित गर्ने दृढता व्यक्त गर्दै मन्त्री बास्कोटाले भने, ‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु । अराजकता सहिन्न ।’

उनले विनियमावली सरकारले बनाउने नभई लोक सेवा आयोगले बनाउने स्पष्ट पारे ।

कुनै पनि संस्थाको वार्षिक उत्सव आमाको जन्मोत्सव जस्तै भएको भन्दै मन्त्री बास्कोटाले कर्मचारीहरूलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शङ्ख बजाउने होइन । संस्थालाई माया गर्नुस् ।’

वार्षिक उत्सवलाई सम्बोधनको क्रममा आन्दोलनरत कर्मचारीहरुविरुद्ध खरो रूपमा प्रस्तुत हुँदै मन्त्री बास्कोटाले भने, ‘जसले स्पेसिफिकेसन बनाउन जान्दैन त्यो झन्डा बोकेर हिँड्या छ, ब्याट्रीसम्म चोर्नेहरू छन् । बिग्रेको टावर बनाउन नजान्ने इन्जिनियरहरू छन् । त्यस्तालाई म संरक्षण गर्दिनँ ।’

उनले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धराशायी हुने र कर्मचारीहरू थोरै सेवा सुविधा लिएर बाहिरिनु पर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस