१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्टिनबाट खाना चोरेको आरोपमा बैंकका कर्मचारी जागिरबाट निकालिए

अ+ अ-

एजेन्सी । अफिसको क्यान्टिनबाट खाना चोरेको आरोपमा लन्डनको एक बैंकका कर्मचारी जागिरबाट निकालिएका छन् । वार्षिक १० लाख पाउन्ड सम्म कमाइ गर्ने एक हाइप्रोफाइल बैंकका कर्मचारी अफिसको क्यान्टिनबाट खानेकुरा चोरेको आरोपमा जागिरबाट निकालिएका हुन् ।

इन्भेस्टमेन्ट बैंक सिटीग्रुपको लन्डनस्थित हेडक्वाटरको क्यान्टिनबाट ३१ वर्षीय पारस साहले स्यान्डविच चोरेको बताइएको छ ।

संचार एजेन्सी रोयटर्सका अनुसार उनलाई केही समय अगाडि मात्र सिटीग्रुपमा युरोप, अफ्रिका र मध्य पूर्वका वरिष्ठ बन्ड ट्रेडरका रुपमा बढुवा गरिएको थियो । तर नयाँ पदको बोनस पाउनु अगावै उनले यस महिनादेखि काममा आउन बन्द गरिसकेको जनाएको छ ।

यस विषयमा पीए न्युज एजेन्सी उनीसँग सम्पर्कमा आउन नसकेको र सिटीग्रुपले पनि कुनै प्रतिक्रिया नदिने बताएको हो ।

युनिभर्सिटी अफ बाथमा अर्थशास्त्र मेजर विषयको पढाइ सिध्याएका उनको पारिश्रमिक वार्षिक १० लाख पाउन्ड भन्दा बढी हुने गरेको बताइएको छ ।

व्यक्तिगत गल्तीका कारण कामबाट निकालिने उनी पहिलो ब्याङ्कर भएको पनि बताइएको छ ।

यसअघि पनि जापानको मिजुहो बैंकमा एक लन्डन ब्याङ्करलाई सहकर्मीको साइकलको ५ पाउन्ड पर्ने पूर्जा चोरी गर्दैगर्दा पक्राउ परेपछि निलम्बित गरिएको थियो ।

त्यसैगरी विश्वको सबैभन्दा ठूलो सम्पति व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक एसेट’ का व्यवस्थापन निर्देषक जोनथन बरोजलाई ट्रेन यात्राका क्रममा कहिल्यै भाँडा नतिर्ने गरेको पाइएपछि २०१४ मा उच्च पदमा नियुक्त गर्नबाट निषेध गरिएको थियो र अनुसन्धानपछि जरिवाना तिर्न भनिएको हो ।

प्रतिक्रिया दिनुहोस