१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्व व्यवस्थापनमा शान्तिको आविष्कार

अ+ अ-

कार्यकारी सारांश
सकारात्मक शक्ति आर्जन गर्ने प्रस्थान विन्दु द्वन्द्वबाट सुरु हुने हो । द्वन्द्वलाई सन् १९३० सम्म कथित मूल्यहीन बुझाई तथा लघुताभासका कारण हतोत्साहनको मुद्धा बनाईयो । जब खुला दुनियाँले सन् १९८० को दशकबाट द्वन्द्वलाई अन्तरक्रियात्मक, रचनात्मक, शान्तिपूर्ण रोडम्यापको रुपमा ग्रहण गर्‍यो, तब मात्र राजनीतिज्ञ, समाजशास्त्री/मानवशास्त्री, मनोविज्ञानवेत्ता तथा अर्थशास्त्रीहरुले समाज विकासको बिज्ञान भित्रको नियमको रुपमा सहर्ष स्वीकार गरेका छन् ।

वैचारिक मत भिन्नता, भाषिक, साँस्कृतिक विविधता, भौगोलिक असन्तुलन, व्यक्तिगत तहदेखि अन्तराष्ट्रियसम्मको मनोमालिन्यपूर्ण फरकपना नै द्वन्द्व विजारोपणको एकमात्र रहस्य हो । संसारमा क्रुर हिटलर प्रवृत्ति बोली र व्यवहार, अपमानजनक शब्दावली, धम्की, अल्टिमेटम, भौतिक हमला, भिडन्त, शक्ति होड, अष्त्रको प्रयोग, सीमा अतिक्रमण जस्ता अवयवहरु द्वन्द्वका प्रारम्भिक संकेतहरु हुन् । गरिबी, भोकमरी, अशिक्षा, गुणस्तरहीन जीवन र अविकसित समाज, छिन्नभिन्न राष्ट्रियता, अर्थतन्त्र टाट पल्टनु, रुढीबाद र असभ्यतामाथि विश्वको प्रश्नहरु नै द्वन्द्व उब्जाउने खेती हुन् । जति नै माथापच्चीसी गरेता पनि विकास माथि सन्नाटा उत्पन्न भएमा राष्ट्र खुसी र सुखी बन्दैन, असमझदारीले अग्रगामी बाटो छेकी दिन्छ । अन्ततः कार्ल माक्र्सले भने झैं वर्गसंघर्षबाट नै द्वन्द्वको हल हुन्छ । यद्यपी, महात्मा गान्धीले समेत गरिबी खतरनाक द्वन्द्व हो भन्नेमा जोड दिएका छन् ।

विषय प्रवेश :
महाशक्ति राज्यहरु सन् १९४५ को युद्ध समाप्तिसँगै विचारधारात्मक प्रतिद्वन्दिता, सैनिक हस्तक्षेप, कुटनीति प्रयोगद्वारा विपक्षीमाथि चौतर्फी घेरा मार्दै प्रोक्सी युद्धमा उभिएका छन् । संसारभर शस्त्रीकरणको होडबाजीले कालो आतंक, श्वेत आतंक र लाल आतंकको विभीषाले मानव जाति त्रस्ट बनेको छ । ८८ करोड भन्दा बढी अतिकम विकसित मुलुकका जनताहरुले सबै खाले विभेद, अशान्ति र द्वन्द्वबाट मुक्त पाउन “स्तानबुल प्रोगाम अफ एक्सन–२०११” मार्फत आर्थिक उत्पादन, मानव विकास, सुशासन, जोखिम न्यूनीकरणको मार्ग खोजेका छन् । अल्पविकसित मुलुकहरुको साझा चुनौती भनेको अस्थिर सरकार, कमजोर अर्थतन्त्र, रोग तथा संक्रमणको प्रकोप, साम्प्रदायिक द्वन्द्व र यसका पक्षहरुको व्यवस्थापनमा राष्ट्रिय सहमति बन्न नसक्नु हो । नाइजर, मध्य अफ्रिका, दक्षीण सुडान, चाड र बुरुन्डी मानव विकास सुचाङ्कमा अत्यन्तै खराब राज्यहरु हुन् । विकासशील मध्ये मेक्सिको, इरान, टर्की र कोष्टारिकाले द्वन्द्वको निराकरण गर्दै विकासशील राष्ट्रमा स्तर उन्नती गर्न प्रयत्नशील छन् ।

उन्नत मानव विकास सूचक भएका नर्वे, क्यानाडा र अमेरिका विश्वस्तरको बसोबास योग्य, सुरक्षित स्वर्गीय दुनियाँ हो । परिपुरण, दीगो अर्थतन्त्र, रोजगारीको उपलब्धता, स्वास्थ्य सेवा र हेरचाह, गुणस्तरीय शिक्षा, राष्ट्रिय सुरक्षाका सवालमा सफलीभूत अभ्यास भएका नर्डिक राष्ट्रहरु अभुतपूर्व समृद्धिको विकासमा छन् ।
द्वन्द्वको पहिचान

अमेरिका र इरान बीच हालैको विवाद, हङकङ संकट, दक्षीण चिनीयाँ सागर विवाद, सिरिया र टर्कीको सीमानामा युद्ध बम–बर्षक विमानको प्रहार, मेक्सिको, साल्भाडोर, ग्वाटेमाला र हुन्डुरसमा भएका संगठित अपराध, भेनेजुयला संकट, अफगानिस्तानको तालिवान विद्रोह, रसिया र युव्रmेन विवाद, कोरियन प्रायद्धीपको न्यूक्लीयर निशस्त्रीकरण, लामो दुरीको क्षेप्यास्त्र परीक्षणहरुका विषयले अन्तराष्ट्रिय चासो संसारका आधा जसो मुलुकमा बढाएको छ ।

द्वन्द्व र इष्र्याको बेजोड युद्ध मनोवृत्तिले विकासको प्रक्रियालाई ध्वंसात्मक बनाएको छ । दक्षीण एसियामा भुटानले ग्लोबल शान्ति सूचक अनुसार (१५) औं स्थानमा ऐतिहासिक छलाङ्ग मारेको छ । आईसल्याण्ड सबैभन्दा शान्तिप्रिय देश हो । सन् २००८ देखि निरन्तर अग्रस्थानमा छ । त्यसपछि क्रमशः न्यूजिल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, डेनमार्क लगायतका देशको जनसांख्यिकी स्थितिमा गुणात्मक विकास, आर्थिक उन्नति, सामाजिक सुरक्षा, घरेलु तथा अन्तरदेशीय द्वन्द्व मापनमा समेत परिपक्क भएको संश्लेषण छ । विश्वका १६३ स्वतन्त्र राष्ट्र बारे ङ्गइन्स्यिच्युट अफ इकोनोमिक्स एण्ड पीस” ले ग्लोबल सूचक निर्धारण गर्दै आएको छ ।

वाशिंटन र काबुलको लडाईले विश्व आक्रान्त छ । यमनको हुथि विद्रोद, साउदी अरेबीया, इरान, इराकमा विद्रोह भड्किएको अवस्था छ । इथियोपियामा इथियोपिया पिपुल्स रिभोलोसनरी डेमोक्रेटिक फ्रन्ट, बुर्किनाफासोमा अनसरुल इस्लाम, लिबियाको त्रिपोलीमा दोहोरो शासन, प्योङयाङ र वाशिंटन बीचको होनाई वार्ता (फेब्रुअरी २०१९) असफलका साथसाथै उत्तर कोरियाको तिक्रता कायमै, काश्मीरमा मोदी सरकारको हस्तक्षेप, धुर्वीय द्वन्द्वको खतराका सूचकहरु हुन् । यी सबै शक्ति प्राप्त गर्ने होडले उत्पात मच्चाई रहेका विषय हुन् । अफगानिस्तान त अशान्त र खराब मुलुकको शीर्ष स्थानमा नै छ । यो सूचीमा क्रमशः सिरिया, दक्षिण सुडान, यमन, इराक र कंगो छन् । यस्ता राज्यको द्वन्द्व व्यवस्थापन र शान्ति निर्माणका लागि पहल कदमी उठाउनु मानवतावादी शक्ति राष्ट्रको कार्यभार हो । यद्यपी, शक्ति होडकै कारण अमेरिकी हस्तक्षेपले भेनेजुयला, निकारागुवा तथा ब्राजिलको आन्तरिक राजनीतिमा घुसेर “फुटाउ र राज गर” को साम्राज्यवादी दाउपेजमा तल्लीन छ । रसियादेखि युरेसिया तथा मध्यपूर्व र उत्तरी अफ्रिकामा हत्या, बलात्कार, लुट, यौन हिंसा, किशोरीहरु असुरक्षित, जघन्य आतंककारी हमलामा केही कमी आएको द्वन्द्व विश्लेषकहरुको दावी छ । युरोपमा टर्की बाहेक अरु शान्ति सुधारको दिशामा केन्द्रीत छन् । सामाजिक सुरक्षा तथा संरक्षणमा सुधार आएको छ । २४ वटा राज्यहरु साईप्रस, बोस्निया, हर्जगोभिना, ग्रीस, स्पेन, डेनमार्क आदि सुधारको दिशामा छन् भने नेदरल्याण्ड, लाटिभिया, पोल्याण्ड, नर्वे र सर्वियामा आतंकवादको व्याप्त प्रभाव परेको ग्लोबल सूचकमा उल्लेख छ । रोमानिया, यु.के. र जर्मनीले आन्तरीक द्वन्द्व घटाएका छन् । युरोप सभ्यता र विकासको प्रतीक नै बनेको छ ।

केन्द्रीय सवाल
द्वन्द्व निदान गर्दै उत्कृष्ट नागरिक निर्माण गर्नु समकालीन विश्वको चुनौती हो । राज्यको लोकल्याणकारिता सँगै सन् २०२० मा मानवअधिकारको सम्मान र स्थिति, लैङ्गिक समानता, पर्यावरणीय सन्तुलन, प्रगतिशील सामाजिकीकरण, धार्मिक स्वतन्त्रता, सम्पत्तिको अधिकार, विश्वसनीय र विकेन्द्रीत शासन प्रणालीको प्रयोगमा स्वीडेन, क्यानडा, नर्वे, नेदरल्याण्ड, डेनमार्क, फिनल्याण्ड, स्वीटजरल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड र जर्मनी शीर्ष स्थानका सवल राष्ट्रहरु हुन् । फोब्र्स पत्रिकाको अनुसार कुवेत सिटी, रोम, मिलान, लागस (नाइजेरिया), पेरिस, सनफ्रान्सिस्को, लसएन्जलस, लिमा, न्यूयोर्क सिटी, याङगुनलाई स्वास्थ्य, शिक्षा, अर्थ, अपराधको दृष्टिमा अध्ययन÷अनुसन्धान गरी खराब गन्तव्यको सूचिमा सूचिकृत गरिएको छ । ताइपेइ, क्वालालाम्पुर, होचिमिन्ह सिटी, सिंगापुर, मर्टियल, लिजवर्न, बार्सिलोना, जग (स्वीट्जरल्याण्ड), दी हेग, बसेल विश्वका १० उत्कृष्ट गन्तव्य हुन् । यी शहरहरुले शान्ति, समृद्धि र सुखी विश्वको यथार्थतालाई उजागर गरी विश्वव्यापी बहु–राष्ट्रिय घृणा र द्वन्द्वलाई घटाएको छ ।

समाधान
द्वन्द्व विपरितहरुको अस्तित्वको लडाई हो । अक्सफामको प्रतिवेदन २०१९ मा विश्वका २६ सर्वाधिक धनीसँग विश्वको गरिबका आधा जनसंख्या बराबरीको सम्पत्ति छ । अमेजोन मालिक जेफ बेजोस, बिलगेट्स, वर्ग सायर हाथवे, वारेन बफेट र फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्तिले समेत यसलाई पुष्टि गर्छ । वल्र्ड वाचले ६० करोड ४६ लाख अति गरिबको तथ्यांक जनवरीमा पेश गर्‍यो । सब साहरन अफ्रिकामा ६७ प्रतिशत गरिबीसँगै द्वन्द्व छ । वर्ग विभेदको खाडल अन्तर महादेशीय ढंगले गहन बनेको छ । अक्सफोर्ड यूनिभर्सिटीले प्रत्येक १० मध्ये १ को १.९० डलर आय भएको खराब अवस्था सार्वजनिक गरेको छ । गरिबीसँगै बेरोजगारी दरमा कोसोभो ३०.५० प्रतिशतले अतिविपन्न भएको सीइआइसी रिपोर्टमा उल्लेख छ । कोसोभो खराबीको फोहोरा भित्र कैद छ । गरिबी नागरिकको वर्ग शत्रु हो ।

आइएलओले प्राबिधिक शिक्षा, विज्ञान प्रविधिमा लगानी, हरित क्रान्ति, औद्योगिक क्रान्ति, पोषण, कृषि विकास, अर्गानिक कृषि, दार्शनिक प्रवचन, अर्गानिक मुभमेन्ट, कृषिको प्रचारप्रसार सहित ज्ञानका माध्यमहरुबाट नै द्वन्द्व उत्पन्न हुन नदिने औजारको रुपमा लिएको छ । नेतृत्व गुण, सिर्जनात्मक सोच, नवप्रवर्तन तथा जीवनभरको सिकाई प्रणालीलाई आधारको रुपमा लिइन्छ । अमेरिका, अरब इमिरेट्स, एसिया प्यासिफिक, युरोप र मध्य एसियामा द्वन्द्व र शान्तिबारे बहस गर्दै द्वन्द्व निवारणमा विश्वको पहलबारे ध्यान केन्द्रीत छ ।

नेपाल सन्दर्भ
नेपालमा मनोरेल, पूर्व पश्चिम रेल, केवल कार, हवाई उद्योग, स्मार्ट कृषि कार्यक्रम, ७० लाख श्रम रोजगारदातालाई सामाजिक सुरक्षामा आबद्ध गर्ने, ४० लाख दलितको अवस्था सुधार गर्ने र १७ लाख चरम गरिबीमा रहेकोको सामाजिक उद्धार, कर्णाली प्रदेशको ५२.२२ प्रतिशत गरिबी जस्ता मुद्दामा सम्बोधन गर्न अग्रगामी राजनेताको खोजी नेपाली समाजमा भई रहेको छ । पहाडका ३५ प्रतिशत बाँझा जमिनहरुमा सहकारिकरण मार्फत प्रविधियुक्त उपकरणको उपलब्धता, २५.१ प्रतिशत विप्रेषण आयलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण, उपभोगवादी सोच र पलायनवादी ५ लाख श्रमशक्तिलाई स्वदेशमा नै टिकाउने राष्ट्रिय अर्थशास्त्रको खाँचो मुलुकमा देखिएको छ । सन् २००६ नोभेम्बर २१ को वृहत शान्ति सम्झौताका कोरियोग्राफर तथा कूशल रणनीतिकार प्रचण्डको नेतृत्वबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत राज्य र विद्रोही पक्षबाट भएका तत्कालीन अवस्थाका जघन्य अपराधका घटनाहरुको छानविन गरिनु पर्छ । जनसेनाका १९,६०२ लडाकु मध्येका अयोग्य भनिएकाहरुको माग सम्बोधन, बाबु आमा गुमाएका द्वन्द्व पीडित बालबालिकाहरुको उद्धार, विप्लव माओवादीलाई तत्काल प्रतिबन्ध हटाएर वार्तामा ल्याउने थालनी गर्दै पुनः वार्ता, संवाद र सहमतीको नेपाली संस्कृतिलाई ख्याल गरी द्वन्द्वमा फाटेका मन, च्यातिएको सामाजिक संरचनालाई एकीकरण गर्न सम्माननीय प्रधानमन्त्रीको तहबाट नै द्वन्द्व व्यवस्थापन थाल्नु पर्ने घरेलु आवश्यकता छ ।

उपसंहार
आजको विश्व रकेट विज्ञानमा आधारित छ । एमोनिया ग्याँस हटाउन, जलवायु परिवर्तनको नकारात्मक प्रभाव रोक्न, जैविक विविधताको नाश घटाउन, खाद्य संकट रोक्न, शिक्षा, स्वास्थ्य, मानव अधिकार, सुशासन कायम गर्न र मानवीयताको विश्व जागरण मार्फत सुरक्षित संसारको खोज तर्फ लम्किरहेने विश्व मुद्धा बनेको छ । महाशक्ति राष्ट्र अमेरिकाले अफगानिस्तान, इराक, इजरायल, जोर्डन, इथियोपिया, दक्षीण सुडान, केन्या, पाकिस्तान, नाइजेरिया, युगान्डामा सैन्य हस्तक्षेप रोकी गृहयुद्ध भड्काउने कुटनीति त्याग्नै पर्छ । यसो गर्दा मात्र अमेरिकी सहायतालाई विश्वले अनुमोदन गर्नेछ । विश्वका गे्रटा टुन्वर्ग (अधिकारवादी), डोनाल्ड ट्रम्प, भ्यादिमिर पुटिन, एरिना ग्रान्डी (पप गायिका), मार्क जुकर वर्ग जस्ता चर्चितहरुको ध्यान समेत विश्व शान्तिमा नै केन्द्रीत हुनुपर्ने आजको आवश्यकता बनेको छ ।

प्रतिक्रिया दिनुहोस