९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ

अ+ अ-

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपाङ्गता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री गुरुङले भने, ‘यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।’

महासंघका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपाङ्गता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपाङ्ग भएका व्यक्ति छन् । ग्रामीण भेगमा उनीहरुको अवस्था अत्यन्तै नाजुक छ । यसका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ भने ।

महासंघका उपाध्यक्ष रामप्रसाद ढुङ्गानाले अझै पनि धेरै भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिको सञ्चार सेवा निर्देशनको समयानुकूल परिमार्जन गरी सार्वजनिक यातायातका सवारी साधन, सूचना तथा सञ्चार प्रविधिलाई अपाङ्गमैत्री बनाउन तथा यसको कडाइका साथ कार्यान्वयन गर्न र गरउन पनि सरकारको ध्यानाकर्षण आवश्यक रहेको उनीहरुले बताएका छन् ।

त्यसैगरी उनीहरुले अपाङ्गता भएका व्यक्तिले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, जीवन बीमा, पेन्सन आदि कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस