१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : हङकङमा नयाँ क्वारन्टीन नियम लागू, मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३५ हजार संक्रमित

अ+ अ-

काठमाडौँ । हङकङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि नयाँ क्वारेन्टीन नियम लागू गरेको छ । चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको हो।

नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्ने तथा स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।

यस्तै चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ । मृत्यु हुनेमा एकजना अमेरिकी र एक जापानी नागरिक रहेको बताइएको छ ।

वुहानस्थित अस्पतालमा ६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको बिहीवार निधन भएको बेइजिङस्थित अमेरिकी राजदूतावासले जनाएको छ । तर दूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएका छैनन् ।

त्यसैगरी ६० वर्षीय जापानी नागरिकको पनि वुहानमा ज्यान गएको जापानी विदेश मन्त्रालयले बताएको छ । उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ।

हङ्‍कङ आउन लाम लागेका हजारौँ थिए र चीनले शानजेनमा जाँच कडा गरिएको छ
हङकङमा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सीमावर्ती चिनियाँ शहर शानजेनमा दशौँ हजार मानिसहरू शुक्रवार मध्यरातका लागि तोकिएको समयसीमा अगावै सीमा पार गर्न लाम लागेका थिए।

तर शनिवार बिहानसम्म शान्जेन स्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए।

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले चीनमा गत दुई दिनमा सङ्क्रमण हुने सङ्ख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ। तर डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको सङ्ख्याबारे धेरै विश्लेषण गर्न नहुनेमा सतर्क बनाए।

उनले संवाददाताहरूलाई कोरोनाभाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधीजन्य बस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए।

उनले यस्ता बस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन्।

डब्लूएचओको नयाँ तथ्याङ्क अनुसार १७,००० सङ्क्रमित मध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र ३ प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस