९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने

अ+ अ-

भक्तपुर । चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई आजदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।

समाचार सङ्कलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका सञ्चारकर्मीलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनू भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरी फर्किएका छन् ।

सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपाली राख्ने ठाउँमा धमाधम काम भइरहेको र पत्रकार आउँदा काममा बाधा हुने भएकाले रोक लगाइएको बताए।

उनले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले सञ्चारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाइएको बताउँदै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए ।

चीनबाट ल्याउन लागेका नेपालीका लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई सञ्चारकर्मीले ल्याउन खोज्दा रोक लगाइएको भन्दै सञ्चारकर्मीले आक्रोश पोखेका छन् ।

यसबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भइरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताए ।

क्वारेन्टाइन स्थापना गर्न भने भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको बताउँदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकारसँग आग्रह गरेको बताए । उनले समाचार सङ्कलन गर्न आउने सञ्चारकर्मीलाई रोक्नु पनि गलत भएको बताए।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले सरकारले बस्तीका बीचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउँदै यसबारे सरकारले गम्भीर नभए यसबारे उत्पन्न हुने अवस्थाको जिम्मेवार पनि सरकार हुने बताए ।

थप दुई भवन खाली गराइयो
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ ।

तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै सोमबार क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिए पनि आज शय्यासमेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको शय्या, पर्दा, फर्निचरलगायतका सामान लगेको उनले जानकारी दिए । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका–६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी भइरहेको बताइएको छ ।

पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै आज स्थानीय बासिन्दाले विरोध गरेका छन् । वडा नं ६ का वडाध्यक्ष सन्ते वाइबासहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस