६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको जहाज बिहान १ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि उडान गरिने र सोही दिन अपरान्ह् ६ः२५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ । हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौँबाट नारिताका लागि एकतर्फी रु ३७ हजार र दुईतर्फी भाडा रु ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५÷२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३÷२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवद्र्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस