७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब कुनै आयोजना शुन्यमा रहन सक्दैन : मन्त्री नेम्बाङ्ग

अ+ अ-

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गोष्ठिमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्ष्यित गर्दै मन्त्री नेम्बाङ्गले भने ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भिर बनाएको हुन सक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनले उल्लेख गरे ।

मन्त्री नेम्बाङ्गले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गरे । उनले भने ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासंग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ ।’

उनले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे ।

उनले सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे । उनले भने ‘केहि अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजिवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनले यो क्षेत्र प्राथमिकतामा रहनु पर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी छ ।’

मन्त्री नेम्बाङ्गले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भिर हुन निर्देशन दिए । उनले भने ‘हामी गम्भिर बन्न जरुरी छ । हामी जबाफदेहि बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौ । हाम्रो कामबाट मुल्ुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ ।’

उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने उल्लेखे गर्दै भन्नु भयो ‘हामीले आत्मसमिक्षा गर्नु जरुरी छ । मैले ध्यान दिएन भने कस्ले दिन्छ । मैले गरिन भने कस्ले गर्छ । मुल्ुक निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौ । त्यो जिम्मेवारी राज्यले दिएको छ । अधिकार दिएको छ । सुविधा दिएको छ । बजेट दिएको छ । हामीले मात्रै कार्यान्वयन गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस