७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानेपा मृत्यु प्रकरण : मृतकका दुवै परिवारबाट प्रहरीमा जाहेरी

अ+ अ-

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए । आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताए । उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उनले बताए । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए । रासस

प्रतिक्रिया दिनुहोस