८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुभारम्भ

अ+ अ-

चिप्लेढुङ्गा । ‘सीप हुन्छ हातमा रोजगारी साथमा’ भन्ने नारासाथ पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पोखरा प्राविधिक शिक्षालयमार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो ।

देशका तीन ठाउँबाट पाइलट प्रोजेक्टको रुपमा शुरु यस अभियानको आज पोखरामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गरे। उनले अबको युग सीप र प्रविधिको युग भएकाले सीपमा पनि नवीनतम सोच आवश्यक रहेको बताए। परिषदका, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले सिटिभिटीले वार्षिक ७४ हजार ८६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालीम सञ्चालन गरेको जानकारी दिए ।

पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले पोखरा देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताए । उनले पर्यटन क्षेत्रमा उत्कृष्टता केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

कार्यक्रम टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले सिजनात्मक सीप मात्र बजारमा बिक्ने बताए । होटल एशोसियशन अध्यक्ष विकल तुलाचनले पर्यटन क्षेत्रमा अझै पनि दक्षजनशक्ति अभाव रहेकाले पूर्ण दक्षजनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।

फोरम फर टेक्निकल एजुकेशनका गण्डकी प्रदेश प्रमुख टङ्क अधिकारीले प्राविधिक शिक्षामा गरिएको लगानीलाई खेर जान नदिन रोजगारप्रदायक संस्थासँग समन्वय गरेर रोजगारको क्षेत्र विस्तार गर्नुपर्ने बताए । महिला पर्यटन व्यवासायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सम्बन्धित दक्षजनशक्तिलाई देशभित्रै रोजगार प्रदान गर्न वातावरणमा सरोकारवाला निकायबीच समन्वय जरुरी रहेको बताए ।

टिभेट पत्रकारिता पुरस्कार

यो अभियान अन्तर्गत नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको प्रवद्र्धनमा नेपालका आमसञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्नका लागि टिभेट जनसचेतना अभियान अन्तर्गत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ । यो पुरस्कार नेपालभरि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमका सम्बन्धमा गुणस्तरिय पत्रकारितालाई प्रोत्साहित गर्नु यसको लक्ष्य रहेको महाशाखाका उपनिर्देशक बज्रचार्यले जानकारी दिए।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमसम्बन्धमा मुलुकभरि प्रभाव पार्नसक्ने समाचार सामग्रीलाई सर्वोत्तम समाचारका लागि रु ५० हजार नगद र टिभेट राष्ट्रिय सर्वोत्तम समाचार पुरस्कार प्रदान गरिने छ । तालीमबाट प्राप्त हुने अवसरका विषयवस्तुको प्रचारप्रसार गर्ने जनकपुर, पोखरा र टीकापुरका एक एकजना पत्रकारलाई जनही रु १५ हजारसहित सर्वोत्तम समाचारको पुरस्कार दिइने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस