८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

अ+ अ-

काठमाडौँ । सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ ।

गत बुधवार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

प्रशासन विशेष स्रोतका अनुशार सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता भूपाल बरालको महालेखा नियन्त्रक कार्यालय काठमाडौँ सरुवा गरिएको छ भने मन्त्रालयका अर्का सहसचिव केदार पनेरुको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

जनकपुर उपमहानगरपालिका धनुषाका उमेश बस्नेतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका बाराका खड्ग बहादुर कार्कीको मधेशी आयोग, प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. १ का सहसचिव ठाकुर सिग्देलको प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. ६ सुर्खेत सरुवा भएको छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिका कैलालीका हरि बखतीलाई राष्ट्रिय समावेशी आयोग, वीरगन्ज महानगरपालिका पर्साका कृष्ण प्रसाद धिताललाई राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिका मोरङका भीष्म न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय समावेशी आयोग, काठमाडौँका वासुदेव शर्मालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशकमा सरुवा गरिएको छ ।

सरकारले घोराही उपमहानगरपालिका दाङका टिकाराम ज्ञवालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ का सहसचिव तेजराज पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका सहसचिव शंकरप्रसाद सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

त्यस्तै प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. ६ सुर्खेतका सहसचिव आनन्द सारूलाई तुलसीपुर उपमहानगरपालिका दाङ, तुलसीपुर उपमहानगरपालिकाका कृष्णकान्त उपाध्यायलाई प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. ५ बुटवल र हेटौडा उपमहानगरपालिका उपेन्द्र खनाललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले केही दिन अघि मात्रै ६० जना सहसचिवको सरुवा गरेको थियो ।

यो पनि,

६० जना सहसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित)

प्रतिक्रिया दिनुहोस