६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक क्षेत्रको विकास गरेर सुदूरपश्चिमको मुहार फेर्छौं : मुख्यमन्त्री भट्ट

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर सुदूरपश्चिम प्रदेशको मुहार फेरिने बताएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज आयोजना गरिएको गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री भट्टले ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने योजना सरकारले अगाडि बढाएको बताए । उनले भने, ‘प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।’

मुख्यमन्त्री भट्टले कृषि क्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउँदै विषेशगरी कामका लागि भारत जाने सुदूरपश्चिमवासीको बाध्यता हटाउनका लागि भए पनि हामी औद्योगिक क्षेत्रको विकास गर्न लागिपरेका छौँ, अब काम खोज्न भारत जाने परम्परा अन्त्य गर्नेछौँ भने ।

उनले प्रदेश भित्रका सम्भावित ठूला जलविद्युत् आयोजनाहरुको निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने र साना योजना स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा निर्माण गर्न प्रदेश सरकार लागिपरेको बताए ।

शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगिता यही फागुन ५ गते सम्म सञ्चालन हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस