७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षदेखि रोकिएको जडीबुटी सङ्कलन खुला

अ+ अ-

मार्तडी । गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ ।

दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए। उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्‍याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए । सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल रु ३१ करोड ४५ लाख ९९ हजार ७५७ रहेको छ ।

सङ्घीय सरकारबाट आएको समानीकरण रु सात करोड १० लाख, ससर्त अनुदान रु १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट रु पाँच करोड २९ लाख ६६ हजार ४१६ र विशेष अनुदान रु दुई करोड ९० लाख रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड रु पाँच लाख दुई हजार, विशेष अनुदान रु ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या रु एक करोड ३९ लाख ९९ हजार ३४० रहेको अध्यक्ष रोकायाले जानकारी दिए । हाल माघ मसान्तसम्म चालूतर्फ ३४ प्रतिशत र पूँजीगत तर्फको १३ प्रतिशत बजेट खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस