११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन् ।

सन् २०१३ देखि यहाँस्थित पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही रु. १० हजार वितरण गरेका हुन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा त्यसको सराहना गरे । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएका र तिनलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै छात्रवृत्तिको सङ्ख्या बढाउने जानकारी दिए ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताए । रासस

प्रतिक्रिया दिनुहोस