काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मादेवी अर्यालले काठमाडौँको तीन प्रमुख स्थानमा व्यक्तिले हडपेको १५ रोपनी ६ आना २ दाम जग्गामा सरकारी बोर्ड गाडेकी छन् ।
काठमाडौँ महानगरपालिका ३१ को वागमती किनाराको १० रोपनी ८ आना, महानगरपालिकाको १० वडा कार्यालयसँगै जोडिएको ४ रोपनी र वडा न.३२ अनामनगरको १४ आना २ दाम जग्गामा आइतबार दिउँसो मन्त्री अर्यालले बोर्ड गाडेकी हुन् ।
मन्त्रीले बोर्ड गाड्दै गर्दा आफ्नो जग्गामा सरकारी बोर्ड टाँगेको भन्दै केही स्थानीयले विरोध जनाएका थिए।