९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा नीति निर्माण : सिद्धान्त विहीन गफ

अ+ अ-

नीति चक्रका धेरै सिद्धान्त र नमुना अध्ययन गरियो । नीतिको ज्ञान र विज्ञान अलिकति हासिल गरियो । लोक सेवा आयोगको परीक्षामा तिनै सिद्धान्त र नमुनालाई रसिलो शैलीमा लेखेर पास पनि गरियो । तर नीति निर्माणको क्षेत्रमा ती सिद्धान्तको प्रयोग त्यति बेला मात्रै सम्भव हुने रहेछ जति बेला राजकाज, शासन र प्रशासन विधि र पद्धतिमा चल्छ, वंश विज्ञान र जीव विज्ञानको आधारमा चल्दैन भन्ने ज्ञान खुल्न खोल्दै छ । नीति चक्रका कुनै पनि सिद्धान्तमा नपसी जागिरे अनुभवका आधारमा नेपालमा नीति निर्माणका केही पक्षहरूलाई खोतल्ने प्रयास गरेको छु ।

नेपालका नीति गुगल गरेर वा विदेश तिरका सारेर वा अनुवाद गरेर वा देशको आन्तरिक हावापानीको जानकार समेत नभएका आजीवन विज्ञ तथा पदेन विज्ञहरूको धारणाको आधारमा बन्ने गरेको अवस्थालाई नकार्न सकिँदैन । विकासले गति लिन नसक्नुको मुख्य चुरो पनि यही हो भन्ने मेरो ठम्याई छ । नीतिको क्षेत्रमा काम गर्ने स्व:अनुसन्धानकर्ताहरुको ठम्याई पनि यही हो भन्ने लाग्छ । नेपाल सरकारको लगानी र आफ्नै लगानीमा अध्ययन र अनुसन्धान गर्नेहरूलाई स्व:अनुसन्धानकर्ताको कोटीमा राखेको छु । अरू क्षेत्रबाट भएको लगानीमा सर्त र स्वार्थ समेत निहित हुने हुनाले नीतिहरू वातावरणको अनावश्यक बढाई चढाई गरेर आउँछन् । तथ्यमा आधारित नीति निर्माण हुनुपर्छ कुरा चाहिँ सिद्धान्तमा सीमित गर्न खोजिन्छ भने नीतिको प्रतिफल सालको बिरुवाको जस्तो हुन्छ । साठी देखि एक सय बिस वर्षमा मात्रै सालको बिरुवाले वास्तविक प्रतिफल अग्राख दिन्छ । हामी भने सालको बिरुवाबाट पाउने हावा, चराको गुँड, टपरी गाँस्ने पात, बाख्राको टाट्नो बनाउने घोचा यस्तै यस्तैमा भुलिई रहेका छौ ।

आफूले प्राप्त गरेको ज्ञानले निस्स्वार्थ रूपमा परिवार, समाज, समुदाय तथा राष्ट्रलाई कुनै फाइदा गरेन वा बेफाइदा मात्रै गर्छ भने त्यसलाई ज्ञानको कोटीमा राख्न सकिँदैन र राख्नु हुँदैन ।

नीतिको लागि आवश्यक पर्ने ज्ञान सिर्जना गर्ने संयन्त्र र विवेकको स्रोत मानिसको दिमाग हो । मानिसको दिमागमा भएको ज्ञान र विवेकको आधारमा वस्तु (अब्जेक्ट) र धारणा (कन्सेप्ट) को निर्माण हुन्छ । ज्ञान र विवेक नै देशको स्वार्थ र जनताको हितबाट पर सरेर उत्तराधिकारी विदेशमा सेटल गर्ने अनि पछि आफूपनि त्यतै शरण लिन जाने तत्त्व घुलेपछि संयन्त्र र स्रोत दूषित हुन्छ । दूषित मुहानबाट स्वच्छ पानी पिउने आशा र स्वस्थ्य जीवन जिउने भरोसाको अपेक्षा गर्नु बेकार हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, खाद्यान्न लगायत तल्लो तहका नागरिकहरुको दैनिक आवश्यकताको क्षेत्रहरूमा केही भएको अनुभूति हरेक नागरिकहरूमा गराउन नसक्नुका पछिको मुख्य कारण नै स्रोत दूषित हुनु हो । यसले राज्यप्रति जनताको विश्वास गुमाउने दिशातिर लैजान्छ । जुन देश विकासको बाधक हो ।

तथ्य, तथ्याङ्क र सूचनाको आधारमा वस्तु र धारणालाई मूर्त रूप दिने मार्ग समातेको खण्डमा कुनै पनि धारणा वा विचार सर्वमान्य बनाउन सकिन्छ । सत्य र तथ्य बटारिँदैन । सत्यलाई सत्य भन्न साहस आउँछ । विरोधका लागि विरोध गर्न मनै देखि लाग्दैन । आलोचक र समालोचकको कदर गर्न सक्ने हिम्मत बढ्छ । आलोचना वा समालोचनाबाट सिक्ने बानीको विकास हुन्छ । यो संस्कृतिले नीति माटो सुहाउँदो बन्छ । नेपालको नीति निर्माण र कार्यान्वयनको क्षेत्रमा यो अवधारणा चाहिँ लोप हुँदै गएको जस्तो देखिन्छ । आलोचना र समालोचना सबै सखाप पार्ने मिसाइल नै हो भन्ने मानसिकताबाट हामी माथि उठ्न नसकेकै हो ।

तर्क र तथ्यलाई आत्मसात् गर्दै कुनै पनि व्यक्ति विशेषको धारणा वा बिचार प्रति पूर्वाग्रह नराखी निष्पक्ष विश्लेषण गर्न सक्ने क्षमता मानिसको दिमागसँग मात्रै हुन्छ । यही अद्भुत क्षमता भएको कारणले मानिस जनावर भन्दा फरक हुन्छ। तर दिमाग देश विकास भए म, मेरो परिवार, समुदाय, समाज र अन्तर्राष्ट्रिय समुदाय सबैलाई फाइदा हुन्छ भन्ने चिन्तनमा व्यस्त र अभ्यस्त हुनुपर्छ । यस्तो दिमागले मात्रै विवेकशील, गतिशील र परिवर्तनकारी नीति निर्माण गर्न सक्छ तर त्यो किसिमको दिमाग पत्ता लगाएर प्रयोग गर्न सक्ने क्षमता राजकाज र शासन गर्नेहरूमा हुनु जरुरी हुन्छ । व्यक्ति र गुटमा पसेर फुटेको दिमागले दिने धारणा वा बिचारले सही मार्गदर्शन दिन सक्दैन भन्ने तथ्यलाई आन्तरिकीकरण गर्नु अपरिहार्य हुन्छ ।

‘ज्ञानले धारणा परिवर्तन गर्न सहयोग गर्छ भने परिवर्तित धारणाले नयाँ ज्ञान पत्ता लगाउन सहयोग गर्छ ।’

मानिसको दिमाग केही न केही प्रश्नहरू निर्माण गर्न सक्रिय हुन्छ । मानिसको दिमागले आफ्नो, परिवार, समाज, समुदाय हुँदै देश तथा विदेशको बारेमा केही न केही सोचिरहेको हुन्छ । कल्पना गरिरहेको हुन्छ । शासन तथा प्रशासन सञ्चालन गर्ने कानुन, विधि, प्रविधि तथा नयाँ नयाँ संयन्त्रको बारेमा समेत सोचिरहेको हुन्छ । यस्तो सोचले नयाँ ज्ञान तथा धारणाको निर्माण गरिरहन सहयोग गर्छ । दिमागलाई देश विकासको जैविक अवधारणाको बारेमा सोच्न बाध्य बनाउन सकियो भने सबैभन्दा ठुलो स्रोत नै यही बन्छ । स्रोत साधनको अभावको महसुस नै हुँदैन । नेपाललाई नेपाल बनाउने सोच आजको आवश्यकता हो, स्वीटजरल्याण्ड वा सिंगापुर होइन ।

ज्ञान र धारणा बिचको चक्रीय सम्बन्ध हुने कुरालाई ढाँटेर हुँदैन, यो सम्बन्ध शास्वत् सत्य हो । ज्ञानले धारणा परिवर्तन गर्न सहयोग गर्छ भने परिवर्तित धारणाले नयाँ ज्ञान पत्ता लगाउन सहयोग गर्छ । कुनै ज्ञान वा धारणा उत्पत्ति भएकै रूपमा अमर हुँदैन । समयको गति सँगै ज्ञान र धारणाको सीमा पनि परिवर्तन भइरहेको हुन्छ । तर परिवर्तित सन्दर्भमा पनि अन्तर्निहित रहेको आधारभूत पक्ष वा संरचना भने जीवित नै हुन्छ । यो नै हामीलाई वी.पी. कोइराला तथा मदन भण्डारीलाई बेला बेलामा सम्झाउने कडी हो । यो कडीलाई छडीको रूपमा प्रयोग गरेर देशलाई गतिशील अवतरण गराउने सङ्कल्प गरेर बोलीलाई व्यवहारमा उतार्न खोजेमा माटो सुहाउँदो नीति आउनबाट कसैले रोक्न सक्दैन। बोली र व्यवहार बिचको खाडल देश विकासको अवरोध हो । यो अवरोध हटाउन निकै कठिन छ, महँगो हुन्छ र समय धेरै लाग्छ तथा नैतिकता र आचरणको क्षेत्रमा निकै ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यो मूल्य चुकाउन सक्ने नेतृत्व र सोही अनुसारका अनुयायीहरू नेपालको आजको आवश्यकता हो ।

ज्ञानको लागि औपचारिक शिक्षा नै आवश्यक पर्छ भन्ने पनि होइन । जीवनको अनुभवले ज्ञान पत्ता लगाउन सहयोग गरिरहेको हुन्छ । तर अनुभवहरूलाई भेला गरेर विभिन्न तथ्य र ध्रुव सत्यताको आधारमा विश्लेषण र संश्लेषण नगरी नयाँ ज्ञान हासिल चाहिँ हुँदैन । स्वतन्त्र र निष्पक्ष रूपमा विश्लेषण र संश्लेषण गर्ने क्षमता, दक्षता, आँट र साहस भने चाहिन्छ। आफूले प्राप्त गरेको ज्ञानले निस्स्वार्थ रूपमा परिवार, समाज, समुदाय तथा राष्ट्रलाई कुनै फाइदा गरेन वा बेफाइदा मात्रै गर्छ भने त्यसलाई ज्ञानको कोटीमा राख्न सकिँदैन र राख्नु हुँदैन । यसले मात्रै कुनै पनि वस्तु वा विषयप्रतिको मानिसको धारणालाई परिवर्तन गर्न उक्साउँछ । सो उक्साहटले व्यक्ति, समाज, समुदाय वा राज्यलाई वाञ्छित दिशामा लैजानको लागि तत् तत् अवस्थाहरूको सामना गर्न सक्ने क्षमताको विकास गर्न सहयोग गर्छ। यस्तो क्षमताको उपयोग गरिकन बनेको नीतिले प्रतिफल अवश्य दिन्छ । यस किसिमको क्षमता विकास गर्न राज्यको लगानी पर्याप्त माग्छ । क्षमता विकास राज्यको लगानी बढाउनु आवश्यक छ ।

नयाँ निर्मित ज्ञान र धारणाको प्रचारप्रसार र बजारीकरण उचित तरिकाले गर्न सकेको खण्डमा मात्रै नेतामा नेतृत्व र पात्रमा पात्रता देखिन्छ ।

ज्ञान र धारणा विना राज्य सञ्चालन गर्न सम्भव हुँदैन । ज्ञान तथा धारणालाई वैधानिक तरिकाबाट नीतिको रूप दिइसकेपछि मात्रै राज्य सञ्चालनको आधिकारिक मार्गदर्शन बन्छ । भाषण र आश्वासन राज्य सञ्चालनको मार्गदर्शन बन्न निकै खार्नुपर्छ । खार्ने निउमा डढायो भने तितो हुन्छ जसले बेस्वाद सिर्जना गर्छ । सर्कसीय तरिकाबाट मार्गदर्शन बन्दैन र बन्न सम्भव पनि छैन । यो अवधारणालाई आत्मसात् गर्न नसक्नु हाम्रो ठुलो कमजोरीको रूपमा देखिएको छ। यसलाई घटाउन र त्यसपछि हटाउन जरुरी छ ।

हामीहरूको अनुभवहरूको एकीकृत रूप नै नीति हो । मेरो अनुभव, अरूको अनुभव र हाम्रो अनुभव जहिल्यै जुनसुकै काल र परिस्थितिमा एकै हुँदैन भन्ने सत्यलाई स्विकार्नुपर्छ । अनुभव पूर्ण हुन पनि सक्दैन । अनुभव नै पूर्ण नहुने भएपछि नीति पूर्ण हुने प्रश्न  नै उठ्दैन । त्यसैले मानिसको दिमागले पत्ता लगाउने ज्ञान र निर्माण भएको धारणा पूर्ण नभई गतिशील हुन्छ भनिएको हुनुपर्छ । यसो बिचार गर्दा होइन भन्न सक्ने आधार पनि देखिँदैन । यस कुरालाई नीति निर्माण प्रक्रियाको हरेक चरणमा आन्तरिकीकरण गर्नु अनिवार्य हुन्छ । आलोचना र समालोचनालाई आदर, कदर र सम्मान गर्ने क्षमताको विकास गर्ने आधार नै यही हो र यसैलाई टेकेर नीति निर्माणमा लागेको खण्डमा बन्ने नीतिले प्रक्रियामा एकरूपता र प्रतिफलको सुनिश्चितताको प्रत्याभूति गर्छ ।

स्रोत (दिमाग) नै अपूर्ण भएको कारणले गतिशीलता खोज्छ र परिवर्तनशील छ भने नीति निर्माणको प्रक्रिया पनि अनन्तकालसम्म एउटै हुने कुरा भएन । विगतमा वा फलानो सालमा यस्तो थियो वा फलानो देशले यसो गरेको थियो र अहिले पनि यस्तै हुनुपर्छ वा यस्तै हो भन्ने धारणा कसैले बनाउँछ र व्यक्त गर्छ भने परिवर्तनलाई आत्मसात् गर्न सकेको छैन वा आत्मसात् गर्ने क्षमताको अभाव कर्तामा रहेको ठहर्छ । कर्ताले देश, काल र परिस्थितिलाई समयमा नै आँकलन गर्न सक्नुपर्छ । कुनै अमूक परिस्थितिलाई मात्रै समातेर अघि बढ्ने कर्ता नेतृत्व कहलिँदैन । सही नेतृत्व गर्नलाई फरक किसिमको परिस्थितिलाई फरक तरिकाबाट सफलतापूर्वक विवेकशील अवतरण गर्न र गराउन सक्ने दक्षता र क्षमता आवश्यक पर्छ। त्यस्तो दक्षता र क्षमता भएको व्यक्ति चिन्न र प्रयोग गर्न नसक्दा अवलम्बन गरिएको विधि, पद्धति र प्रक्रियाले अपेक्षित प्रतिफल दिँदैन । यो समस्याबाट नेपाल गुज्रिरहेको हो कि जस्तो भान हुन्छ । यो भ्रम चिर्न उचित कदम उपयुक्त समयमा लिनुपर्छ ।

नीतिको अधीनमा रहेर गरिएको काम वैद्य हुन्छ तर उक्त कार्यले वैधानिकता प्राप्त नगर्न सक्छ । नीतिको मनसाय वैधानिक बनाउने नै हो तर वैधानिक भएको अनुभूति सरोकारवालाहरूले गरेनन् भने त्यो नीतिगत डकैती कहलाउँछ । नीतिमा रहेको अन्तर्निहित विषयवस्तु, नीति निर्माणको प्रक्रिया, नीति निर्माणका विषयवस्तु तथा क्षेत्रहरूलाई त्यहाँ रहेको आधारभूत तत्त्वको विनाश नगरी समसामयिक बनाउनको लागि हालसम्म प्राप्त गरेका सकारात्मक तथा नकारात्मक अनुभवहरूलाई एकीकृत गरी नयाँ ज्ञान र धारणा निर्माण गर्न जरुरी छ । नयाँ निर्मित ज्ञान र धारणाको प्रचारप्रसार र बजारीकरण उचित तरिकाले गर्न सकेको खण्डमा मात्रै नेतामा नेतृत्व र पात्रमा पात्रता देखिन्छ । यस्तो अवस्थामा प्रत्येक नागरिकले केही पाएको र केही भएको अनुभूति गर्छन् ।

व्यक्ति नीतिको लागि वा नीति व्यक्तिका लागि भन्ने विषयमा द्विविधामा रहनु हुँदैन। नीति प्रक्रिया हरेक व्यक्तिको हकमा एउटै हुनुपर्छ । व्यक्ति पिच्छे फरक फरक प्रक्रिया हुन हुँदैन तर प्रतिफल भने फरक पर्न सक्छ । नीतिको औपचारिक वा शाब्दिक व्याख्याले मात्रै पनि प्रतिफल सुनिश्चित गर्न सम्भव हुँदैन । नीतिक क्षमता अनुसार निर्माण र कार्यान्वयन गर्नुपर्छ तर नीतिको मनसाय मरेको प्रतिफल प्राप्त भयो भनेर प्रचारचाहिँ गर्नु हुँदैन । नागरिकहरू प्यासिभ रिसिपियन्ट मात्रै हुन् भन्ने अवधारणा गलत हो । नागरिकहरूलाई एक्टिभ डिपार्टमेन्ट हुन भन्ने कुरालाई नजर अन्दाज गर्नु हुँदैन । नीतिको प्रतिफलको प्रत्याभूति भएको यकिन सबै नागरिकहरूमा अनुभूत भएको वा हुने वातावरण बनाउनुपर्छ । राज्य सञ्चालनको मूल मर्म नै यही हो । यसलाई मुलमन्त्र बनाउन अझै हामीले सकिरहेका छौ जस्तो लाग्दैन ।

नीति तथा कानुन निरन्तर परिमार्जन र सुधार भई रहने विषय हुन् । नयाँ नीति तथा कानुनको मसौदा तयार गर्दा पुरानै ढाँचामा गर्ने, पर्याप्त अध्ययन र अनुसन्धान विना मस्यौदा तयार गर्ने, समसामयिक विषयलाई समेट्न नसक्ने वा कार्यान्वयनमा जटिलता थपिने गरी मस्यौदा गर्ने, छरिएर रहेका विषयहरूलाई एकीकरण गरी एकीकृत नीति तथा कानुन बनाउन नसक्ने वा एकीकृत नीति तथा कानुन बनाउने तर्फ ध्यान नदिने, पुनरावलोकन गर्ने नीति र कानुनको समयमा नै पुनरावलोकन गर्न नसक्ने, खारेज गर्नुपर्ने नीति तथा कानुन खारेज नगर्ने लगायतका कारणहरूले गर्दा नागरिकहरूमा कानुनको शासन प्रति वितृष्णा छाउँछ । यस तर्फ सजग र सचेत रहनु जरुरी छ ।

राज्य व्यवस्था रूपान्तरणको अवस्थामा अहिले हामीलाई यो वितृष्णा हटाउने अवसर छ । यो अवसरको उपयुक्त प्रयोग गरी नागरिकहरूलाई कानुनी राज्यको अनुभूतिमा अवतरण गराउनुपर्छ । यो अवतरण गराउने मुख्य काम पाइलटको हो। पाइलट दक्षता र क्षमतासँग जानकार भएन भने प्लेन टेकअफ हुँदैन । टेकअफ गराउने दक्षता र क्षमता भनेको नीति र कानुन नै हुन् । नीति र कानुन सरोकारवालाहरूको ज्ञान, सीप र अनुभवको आधारमा बन्नुपर्छ । नीति र कानुन बनाउने ठाउँमा पाइलटलाई सहभागी गराउन सकेमा वातावरण सुहाउँदो नीति बन्नमा सहयोग मिल्छ। सुरक्षित तवरले प्लेन टेकअफ र ल्याण्ड हुन्छ । यो नियम सार्वजनिक क्षेत्रका सबै नीति निर्माणको चक्रमा लागु हुन्छ।

प्रतिक्रिया दिनुहोस